arrow

निर्मलाको न्यायका लागि थालिएको धर्नाले महिना नाघ्यो, सरकार उदासीन

यज्ञराजकी जेठी श्रीमती दिउँसो र कान्छी श्रीमती चौबीसै घण्टा धर्नामा

logo
ईश्वर दत्त बडू, 
प्रकाशित २०७५ मंसिर २६ बुधबार
nirmala-hatya.jpg

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिकको माग राख्दै निर्मलाको परिवारले प्रशासनको मुल गेट अगाडि दिएको धर्ना एक महिना पूरा भएको छ । हत्यारा सार्वजनिकको माग राख्दै निर्मलाका बाबु यज्ञराज पन्त उनकी दुवै श्रीमती (दुर्गा र लक्ष्मी) ले गत २५ कार्तिकदेखि प्रशासनको गेट अगाडि टेण्ट लगाएर अनिश्चितकालिन धर्ना सुरु गरेका थिए ।

यस्तै निर्मलाको न्यायका लागि सडक आन्दोलन थालेको दवावमुलक सघर्ष समितिले निर्मलाका अभिभावकले थालेको धर्नामा सर्मथन र सडक आन्दोलन जारी राखेको छ । 

न्यायको लागि थालिएको धर्नामा चिकित्सा क्षेत्र सुधारको अभियान थालेका प्राडा गोबिन्द केसीलगायत अधिकारकर्मी, नागरिक समाजका अगुवाले समेत धर्नामा ऐक्यबद्धता जाहेर गरेका थिए । 

यज्ञराजको स्वास्थ्य अवस्था बुझ्नका लागि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश शाह, सुप प्रदेशकै उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट सहितले यज्ञराजलाई भेटेरै न्याय दिलाउनका लागि आ–आफ्नो क्षेत्रबाट लागि परेको प्रतिबद्धता जाहेर गरेका थिए । तर न्याय दिलाउन भने  सरकारी पक्ष उदासिन रहेको पीडित पक्षको आरोप लगाएका छन् । 

 नागरिक संघर्ष समितिको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालयमा निर्मलाको कृतिम शव राखेर आन्दोलन गर्ने कार्यक्रम तय थियो । तर, नागरिक संघर्ष समितिले उक्त कार्यक्रम रद्द गरेको छ । संघर्ष समितिबीचको आन्तरिक किचलो र मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्ट बाहिर भएका कारण कार्यक्रम रद्द गरिएको छ ।

नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले अधिकारकर्मीबीच नेतृत्वको होडबाजीले आन्दोलन सफल हुन नसकेको बताईन् । उनले मुख्यमन्त्री कार्यालयमा नभएका कारण पुर्वघोषित कार्यक्रम रद्द गरिएको बताइन् । 

आफु आन्दोलनकारीदेखि हैरान भएको संयोजक भण्डारीको दुखेसो छ । न्याय नपाउन्जेलसम्म आन्दोलन जारी राख्ने उनले जनाएकी छिन् । गत साउन १० गते साथीको घर होमवर्क गर्छु भन्दै हिँडेकी निर्मलाको बलात्कारपछि हत्या गरेर ११ साउनमा उखुबारीमै फालिएको अवस्थामा फेला परेकी थिईन् । घटना भएको पाँच महिना लाग्न थाल्दा पनि वास्तविक हत्यारा अझै फेला परेको छैन । कञ्चनपुर प्रहरीले निर्मला हत्याकाण्डको अनुसन्धानका लागि चौतर्फि रुपमा अनुसन्धान जारी रहेको जनाउँदै आएको छ ।

केही साताअघि निर्मलाका बाबु बिरामी परेपछि उनको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको छ । भने यता यज्ञराजका दुवै श्रीमती लक्ष्मी र दुर्गाले धर्ना सम्हालेका छन् । यज्ञराजकी जेठी श्रीमती दुर्गा दिउँसो मात्रै धर्नामा आउने गरेकी छिन् भने कान्छी श्रीमतीले छोरीको न्यायका लागि भन्दै २४ सै घण्टा धर्नामा बस्दै आएकी छिन् ।

धर्नामा नेता, सांसददेखि मन्त्रीसम्म आएका थिए । पुर्वमन्त्रीसमेत रहेका काँग्रेस नेताद्वय दिलेन्द्र प्रशाद बडू, गगन थापा, पुर्वमन्त्री एव नयाँशक्ति पार्टी हेडक्वाटर सदस्य हिसिला यमी, सुप प्रदेश सासंद उमादेवी वादी लगायतका नेता, सासद एव पुर्वमन्त्रीले धर्नामा ऐक्यबद्धता जाहेर गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ