arrow

निर्मला हत्याकाण्डमा निर्दोषलाई फसाउन खोजिएको भन्दै प्रदिप र विशालका परिवारद्वारा आन्दोलन

logo
ईश्वर दत्त बडू, 
प्रकाशित २०७५ मंसिर २६ बुधबार
nirmala-hatyakanda.jpg

कञ्चनपुर । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेका प्रदिप रावल र विशाल चौधरीका परिवारले आन्दोलन गरेका छन् । दुवैका आफन्त, परिवारर स्थानीयले महेन्द्रनगरमा मंगलबारदेखि आन्दोलन थालेका हुन् ।

प्रदिप र विशाल निर्दोष भएको भन्दै उनीहरुका अभिभावकले रिहाईको माग राख्दै बजारमा नाराबाजी गरेका थिए । निर्मलाको हत्या भएकै दिन उनीहरु दुवैजना कुखुरा चोरीको आरोपमा पक्राउ परेकाको अभिभावकले निर्दोषलाई फसाउन खोजिएको गुनासो पोखेका छन् ।

विशालका बाबु वीरबहादुर चौधरीले छोरा विशालले आफ्नै अगाडि आफुले निर्मलाको हत्या गरेको प्रहरीलाई बयान दिएपनि ऊ निर्दोष भएकाले आन्दोलनमा उत्रेको बताए ।

 ‘विशाल सोही दिन कुखुरा चोरीमा पक्राउ परेको थियो’, ‘उनले भने, ‘मलाई पनि अच्चमै लागिरहेको छ, यत्रो अपराध प्रहरी हिरासतमा रहेका व्यक्तिले कसरी गर्यो होला ।’ 

गत मंगलबार प्रदिप काठमाडौंबाट पक्राउ परेपछि विशालसहित महेन्द्रनगरका अर्का युवक दिनेश चौधरीलाई झिकाईएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दिनेशको घटनामा संलग्नता नदेखिएकाले उनलाई सोधपुछ गरेर फिर्ता पठाएको थियो ।

प्रदिपका अर्का काका लोकेन्द्र रावलले लागु औषध र चोरी डकैतीमा संलग्न प्रदिपले निर्मलाको बलात्कारपछि हत्या नगरेको बताए । उनले निर्दोष गरिबलाई फसाउन खोजिएको आरोप लगाए ।

उनले भने, ‘जतिबेलासम्म प्रदिप रिहा हुँदैन ‘त्यतिबेलासम्म आन्दोलन रोकिँदैन ।’ आन्दोलनमा प्रदिप र विशालका घर परिवार, छिमेकी सहभागि भएका छन् । उनीहरुले प्रदिप र विशाल रिहाई नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ