arrow

हुवावे कम्पनीकी अफिसर वाङ्जु रिहा, ट्रम्पले हस्तक्षेप गर्ने 

logo
प्रकाशित २०७५ मंसिर २६ बुधबार
meng-huwawe.jpg

काठमाडौं । चिनियाँ मोबाइल कम्पनी हुवावेकी प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वाङ्जु धरौटीमा रिहा भएकी छिन् । क्यानडामा पक्राउ परेकी ४६ वर्षीया वाङ्जुलाई स्थानीय अदालतले १० मिलियन क्यानेडियन डलर बराबरको धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

हुवावे कम्पनीकी फाउन्डरकी छोरी उनी डिसेम्बर १ मा भ्यानकुभरबाट पक्राउ परेकी थिइन् । वाङ्जुमाथि रहेको ठगीको आरोपको सुनुवाइका लागि उनलाई अमेरिकालाई सुम्पिने सम्भावना छ ।

हुवावे र स्काइ कम कम्पनीबीचको सम्बन्धका बारेमा गम्भीर आरोप रहेको सुनुवाईको क्रममा देखिएको छ । हुवावे र स्काइ कमले इरानमा व्यवसाय गरेका थिए ।

तर वाङ्जुले सुनुवाइका क्रममा दुई कम्पनी भिन्दा भिन्दै रहेको दाबी गरेकी थिइन् । अमेरिकाले भने हुवाई र स्काइकम सम्बन्धित रहेको जनाएको छ ।

यो विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्तक्षेप गर्ने बताएका छन् । बीबीसीका अनुसार ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध बनाइराख्न पनि यो मुद्दामा आफूले अस्तक्षेप गर्ने जनाएका छन् । 

ट्रम्पले भनेका छन्, ‘मेरो राष्ट्रका लागि जे राम्रो हुन्छ म त्यही गर्नेछु ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ