लम्जुङ । जिल्लाको राइनास नगरपालिका वडा न.७ गरमबेसीमा एलिना चिलुवालको सम्योजकत्वमा विवेकशील साझाको १७ सदस्यीय महिलामात्र सम्मिलित वडा समिती गठन गरिएको छ।
उक्त अवसरमा पुरुषहरु सहित २५ भन्दा बढिले सदस्यता लिएका थिए। उक्त अवसरमा, पार्टीका दुई नेताहरु रमेश चिलुवाल र निर्देश सिलवालले पार्टीका भावी योजनाका बारेमा प्रकाश पारेका थिए।
अहिले विवेकशील साझा पार्टी देशव्यापी संगठन विस्तारको अभियानमा छ। २०७५ सालमा एक लाख सदस्य पुर्याउने लक्ष्य सहित संगठन वर्ष मनाउदै गरेको यो पार्टीले भर्खरै ७ वटै प्रदेशमा प्रशिक्षण अनि संगठन विस्तारको तालिम सकेको छ।
गत वर्ष सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नेकपा, कांग्रेस र २ दुइ मधेशवादी दलहरु पछि सबैभन्दा बढी मत ल्याएको विवेकशील साझा पार्टीलाइ अहिले सशक्त वैकल्पिक शक्तिको रुपमा लिइएको छ।