arrow

जनकपुर विमानस्थलमा उत्रिए आदित्यनाथ, जानकी मन्दिरमा विशेष पूजा

logo
प्रकाशित २०७५ मंसिर २६ बुधबार
aadityanath_nepal.jpg

जनकपुर । भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल आएका छन् । राम जानकी विवाहको दिन अयोध्याबाट जन्ति लिएर नेपाल आएका उनले बुधबार विहान राम जानकी मन्दिरमा विशेष पूजा गरेका छन् । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन जनकपुर आएका उनको साथमा अन्य जन्ती टोलीले पनि करिव ११ बजे मन्दिरमा पूजापाठ गरेका हुन् । 

सिधै जनकपुर विमानस्थलमा उत्रिएका उनी पूजा समापनपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना गरेको दिवाभोजमा उपस्थित हुने कार्यतालिका रहेको छ । उनलाई स्वागत गर्नको लागि नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी पनि बुधबार जनकपुर पगेका थिए । दिवाभोज समापनपछि रंगभूमि मैदानमा आयोजना हुने सीतारामको विवाहको स्वयंवरमा सहभागी हुने जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ