arrow

बेलायती प्रधानमन्त्री मेविरुद्ध अविश्वासको प्रस्ताव

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर २६ बुधबार
theresha_may.jpg

काठमाडौं । बेलायती प्रधानमन्त्री टेरिजा मेले अविश्वासको प्रस्तावको सामना गर्ने भएकी छिन् । मेले आफ्नै पार्टीका नेताहरुबाट अविश्वासको प्रस्तावको सामना गर्न लागेकी हुन्। 

उनका पार्टीका ४८ सांसदले उनीविरुद्ध अविश्वासको प्रस्तावको माग गरेका थिए । प्रधानमन्त्री मेले भने अविश्वासकोे डटेर सामना गर्ने बताएकी छिन् । 

मेले नयाँ प्रधानमन्त्री आएसँगै ब्रेक्जिटमा ढिलाइ हुने वा रोकिने चेतावनी दिएकी छिन्। उनको ब्रेक्जिटको सम्झौतामा असन्तुष्ट रहेका नेताहरुको तर्फबाट यस किसिमको अविश्वासको प्रस्ताव आएको हो । 

यस विषयमा बेलायतको संसदमा मतदान हुँदैछ । यो मतदानमा मेले हार बेहोरेको खण्डमा बेलायतमा नयाँ प्रधानमन्त्री चयन गरिनेछ । त्यसका लागि ६ सातासम्म लाग्नसक्ने बताइएको छ । 

नयाँ प्रधानमन्त्री आएसँगै ब्रेक्जिटमा ढिलाइ हुनसक्ने विना कुनै सम्झौता ब्रेक्जिट हुने वा पुनः ब्रेक्जिटबारे जनमतसंग्रह हुने भन्ने विषयमा भने अन्योलता देखिएको छ । यसले समग्र बेलायती अर्थतन्त्र समस्यामा पर्नसक्ने विश्लेषकहरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ