arrow

जन्ती सवार स्कार्पियो र बस ठोक्किँदा दुलाहाका आमा–बाबुसहित छ जना रहेनन् 

logo
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
accident-final.jpeg

दाङ । दाङको लमही नगरपालिका–९ रिहारमा जन्ती सवार स्कार्पियो र बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । बुधबार राति चितवनबाट जन्ती लिएर फर्किंदै गरेको स्कार्पियो र महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो । 

दुर्घटनामा स्कार्पियोमा रहेका ८ जनामध्ये ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दुलाहाका आमा, बाबु र आफन्त छन् ।

दुलाहाका बुबा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया आमा बिमला, ५ वर्षीय प्रविण केसी, ४९ वर्षीय विश्वनाथ अधिकारी,  ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका–१२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ४५ वर्षीया गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । घाइतेको कोहलपुरमा उपचार भइरहेको छ ।

दुलाहा–दुलही भने अर्को स्कार्पियोमा थिए । उनीहरु सुरक्षित छन् । बाँकेको समशेरगञ्जतर्फ जन्ती लिएर फर्किंदै गरेको बा १२ च ३१२२ नम्बरको स्कार्पियो र ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ