arrow

अरुका कुरा नसुन्दाको परिणाम के होला प्रधानमन्त्री ज्यू ? 

logo
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
kp-sharma-oli.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षले लगाएका आरोपहरुको खण्डन नगर्ने बताएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सामाजिक संजाल ट्वीटरमार्फत प्रधानमन्त्रीको भाषा स्पष्ट रुपले लेखेका छन् । 

उनको ट्वीटरमा अगाडि लेखिएको छ –पञ्चायतले झ्यालखानामा थुनेको कैदीलाई जनताले छुटाएर प्रधानमन्त्री बनाएका छन्, समय बदलिएको छ । कसैकसैलाई यही मन परेको छ ।’

लोकतन्त्रमा विपक्षीका कुरा सुनिन्छन् । विपक्षीका कुरा नसुन्ने तानाशाह हुन्छ । प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कसैका कुरा नसुन्ने र नबोल्नेको हालत के हुन्छ भनी भन्दै आएका थिए । 

राजसंस्था ढलेपछि ओली दुई पटक प्रधानमन्त्री भइसकेका छन् । अरुका कुरा नसुन्दा राजसंस्था ढलेको पनि देखेकै हुन् । यदि ओलीले पनि विपक्षीका कुरा नसुने के हालत होला । 

राजसंस्थाको विरोध गर्दै गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आन्दोलन चर्किरहँदा ओलीले ‘ठेलागाढा चढेर अमेरिका पुगिन्न’ भनी प्रतिक्रिया दिएका थिए । तर समयले ओलीलाई नै प्रधानमन्त्री बनायो । 

अहिले तिनै ओली प्रधानमन्त्री बन्दा गलत नजिर बसाल्ने प्रयास गरिरहेका छन् । आफू जेल गएर आएको नेता भनेका छन् । त्यसैले प्रधानमन्त्री भएको प्रतिक्रिया दिएका छन् । 

प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि जेलमै बसेर आएका हुन् । उनी पनि प्रधानमन्त्री भएकै हुन् । ओलीले आफू प्रधानमन्त्री हुँदा सबै कुरा बिर्सने र अहम् बढाउने बानी बसाले भने उनकै लागि घातक हुनेछ । 

दुई तिहाइको सरकार पाँच वर्षका लागि हो । उनकै पार्टी नेकपाभित्र आन्तरिक किचलो बढिरहँदा ढुक्कसंग दुई तिहाईको सरकारले पाँच वर्ष खान्छ भन्ने त छैन । तर यदि पाँच वर्ष टिकिहाले पनि जनताले त्यसपछि हिसाबकिताब गर्नेमा दुई मत छैन । 

जेसुकै राजनीतिक खिचातानी भए पनि प्रधानमन्त्रीज्यू विपक्षीका कुरा नसुनी लोकतान्त्रिक सरकार अगाडि बढ्न सक्ला र ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ