arrow

प्राधिकरण र स्थानीय सरकार बिच ११ बुदे सम्झौता

logo
जीवन शर्मा,
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
okhaldhunga.png

ओखलढुंगा । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र ओखलढुंगाका स्थानीय सरकार बिच ११ बुदे सम्झौता भएको छ । प्राधिकरण र स्थानीय सरकार बिच अधिकार वाडफाडको विषयलाइ लिएर असमझदारी बढीरहेको वेला हिजो ११ बुदे सम्झौतामा हस्ताक्षर भएको हो ।

 स्थानीय सरकार गठन हुनु भन्दा अघि देखिनै पुनर्निर्माणको काम गर्दै आएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय सरकारसंग समन्वय गर्न नसकेको आरोप खेप्दै आएको थियो । त्यस्तै स्थानीय सरकारका जनप्रतिनिधिहरुले पुनर्निर्माणमा खुलेर सहयोग नगरेको प्राधिकरणले आरोप लगाउदै आएको थियो ।

यसरी दुइ निकाय बिचको आरोप प्रत्यारोपका कारण भूकम्प प्रभावितहरुले पुनर्निर्माणको काम लाइ गति दिन सकेका छैनन्  । स्थानीय सरकारलाइ अधिकार नदिने तर पुनर्निर्माणका क्रममा आएका समस्या समाधानका लागि अप्ठ्यरोमा मात्र प्राधिकरणले सहयोग माग्ने प्रबृति नै गलत भएको सुनकोशी गाउपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारीले बताए ।

प्राधिकरणले विगारेका कामको अपजस आफुहरु नलिने भन्दै स्थानीय तहलाइ नै प्रवलिकरण, गुनासो फारम भर्ने तथा निर्माण सम्पन्न घरहरु पास गराउने, कर्मचारी व्यवस्थापन तथा काम लगाउने लगायतका जिम्मेवारी आफुहरुलाइ दिनु पर्ने स्थानीय सरकारका प्रमुखहरुले बताउदै आएका थिए । उता प्राधिकरण जिल्ला इकाइले भने केन्द्रीय आयोजना बाटै यो व्यवस्था गर्न लगाउनु पर्ने जवाफ दिदै आएको थियो ।

पछिल्लो समयमा जिल्लाका सांसद र जिल्ला समन्वय समिति प्रमुखको समन्वयमा स्थानीय सरकार र प्राधिकरण बिच संझौता भएको छ ।  पुनर्निर्माणलाइ सहयोग पुर्यान प्राधिकरणले स्थानीय तहलाइ केही जिम्मेवारी सहित ११ बुदे सहमति गरिएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वायन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यलयका सूचना अधिकारी सुनिता अधिकारीले बताइन ।

संझैतामा प्रधिकरणले पठाएका कर्मचारी स्थानीय तहले व्यवस्थापन गर्ने  र पुनर्निर्माणसम्बन्त्रि जिम्मेवारी दिने,  दुबै निकाय बिच समन्वय गरी पुनर्निर्माण कार्ययोजना बनाइ कार्यन्वायन गर्ने, स्थानीय तहले निजि आवास निर्माण सम्पन्न प्रमाणपत्र दिने,  प्राधिकरणमा भएका पुनर्निर्माण सम्बन्धि तथ्यांक तथा दस्तावेजहरु स्थानीय तहलाइ हस्तान्तरण गर्दै जाने लगायतका विषयमा दुवै पक्ष बिच सहमति गरी संझौता पत्र आदान प्रदान गरिएको गाउपालिका प्रमुखहरुले बताएका छन् ।

यो सम्झौता पछि पुनर्निर्माणमा स्थानीय तहले थप जिम्मेवार महसुस गरेको भन्दै सम्झौतालाई तत्काल कार्यन्वायनमा ल्याउनु पर्ने खिजीदेम्बा गाउपालिका प्रमुख वेद बहादुर रोक्काले बताए ।  प्राधिकरण र स्थानीय सरकार बिच भएको सम्झौता कार्यन्वायन चरणमा रहेको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वायन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ