arrow

बर्षासँगै बझाङका लेकाली भेगमा हिमपात सुरु, जनजीवन कष्टकर

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
himpat_khaptad.jpg

बझाङ । बझाङ जिल्लामा बुधबार रातिबाट पानी पर्न सुरु भएसँगै विहीबार विहान लेकाली भेगका हिमपात समेत सुरु भएको  छ । बर्षासँगै जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएसँगै जनजिबन निकै कष्टकर बनेको छ ।
 
 बर्षासँगै साईपाल गाउँपालिका, सुर्मा गाउँपालिका, छविसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र बुंगल नगरपालिकाको माथील्लो भेगमा हिमपात भएको छ । हिमपातका कारण जिल्लाको लेकाली भेगमा बस्ने बासिन्दाहरुको दैनिकी कष्टकर बनेको छ ।

 हिमपातका कारण मान्छेहरु घरभित्र बाट बाहिर निस्कन सकेका छैनन् भने गाई, गोरु, बस्तुभाउहरुलाई समेत समस्या भएको साईपाल गाउँपालिकाका जसबिर बोहराले बताए । उनले भने 'लेकाली भेगमा भेडापालन गर्दै आएकाहरुलाई त झन समस्या भएको छ, न चराउन पाएका छौ नत पानी नै खुवाउन सकेका छौ , भोकले मर्ने भए' ।

हिमपालका कारण जिल्ला नै सञ्चार बिहिन बन्न पुगेको छ । जिल्लामा  संचालित सबै एफएम स्टेशसनहरु समेत बन्द भएका छन् । बुधबार बर्षा र हिमपात भएसँगै जिल्लामा संचालित एफएमहरुमा जडान गरिएका सोलारमा चार्ज नहुदा संचार माद्याममा अबरोध भएको रेडीयो खप्तड आवज स्टेसन म्यानेजर डिबी बिष्टले बताए ।

जिल्लामा संचालनमा रहेका ५ वटा एफएम स्टेशनमा घाम नलाग्दा अबरोध भएको छ । हिमपातका कारण नेपाल टेलिकममा समेत समस्या उत्पन्न भएको नेपाल टेलिकम बझाङका कार्यालय प्रमुख बम बहादुर सिहँले बताए । दुई तीन दिन देखि लगातार घाम नलाग्दा र बुधबार रातिदेखी हिमपातका कारण बाँताको टावर, केदारको टावरमा राखिएका सोलारका ब्याट्रीहरु चार्ज नभएका कारण नेटवर्क आउने र जाने समस्या भएको उनको भनाई छ । लगातार बर्षा पर्ने र घाम नलाग्ने हो भने थप समस्या हुन सक्ने समेत उनले बताए ।

 यस्तै लगातार परेको हिमपातका कारण जिल्लाका अधिकांश विद्यालयहरु समेत बन्द भएका छन् । यस्तै हिमपातका कारण बुंगल नगरपालिकामा रहेको भुमेश्वरी आधारभुत विद्यालय, सुर्मादेवि , सुर्योदय, धुली निमावि धुली, धौलपुर प्रावि, लगायतका दर्जन भन्दा बढी विद्यालयका बन्द भएका छन् । हिमपात भए सँगै विद्यालयहरु बन्द भएको बुंगल नगरपालिकाका स्थानीय बासिन्दा हिक्मतराज धामीले बताए ।
 
साईपाल गाउपालीका धुलीका बसन्त बहादुर बोहराले पाटन तिर बाक्लो हिउ परेको र गाँउमा समेत हिमपात सुरु भएको बताए  । जसका कारण यहाँको जन जीबन प्रभावित बनेको छ । भेडा र च्याङ्रा चरन क्षेत्रमा बाक्लो हिमपात भएको कारण समस्या उत्पन्न भएको स्थानीय पिटर बोहराले बताए ।
 
किसानलाई राहत
लामो समय सम्म वर्षा नहुंदा हिउदे बाली विग्रने चिन्तामा परेका यहाँका किसानलाई बर्षाले धेरै राहत पुर्याएको छ । ‘गतबर्षको जस्तै खडेरी पर्छकी भन्ने चिन्ता लागेको भए पनी अहिलेदेखि नै पानी पर्न थालेपछि आफुलाई खुसी लागेको एक कृषक विर बहादुर बहोराले बताए । उनले भने 'यसले खेतीपाती सप्रिने आसा छ ।’

बर्षा र हिमपातसँगै जिल्लामा जाडो पनि ह्वातै बढेको छ । हिमाली गाउँपालीकाहरुमा हिउं जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर भएको छ । हिउं जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको छविस पाथीभेरा गाउपालीका ७ का स्थानीय प्रकास धामीले बताए । जाडोले केटाकेटी र बृद्धबृद्धा बढी समस्यामा परेका उनको भनाई छ । उनले भने ‘ कोही पनि घरबाहिर निस्कन सकेको छैनन । पशुबस्तुको आहारा र चरनको पनि समस्या भएको छ’ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ