arrow

पाँच पटक मुख्यमन्त्री भएका करूणानिधीले लगाउने कालो चस्माको रहस्य

logo
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
Karunanidhi.jpg

काठमाडौं ।  भारतको तामिलनाडु राज्यको पाँच पटक मुख्यमन्त्री बनेका नेता मुथुवेल करुणानिधिको निधन ७ अक्टोबर २०१८ मा भयो । करुणानिधिलाई कलाइनार पनि भनिने गरिएको थियो । जसको अर्थ लेखन कलाका प्रेमी भन्ने हुन्छ ।
 
राजनीतिमा पनि सफल रहेका करणानिधिको लेखनकलामा पनि निकै रुचि थियो । उनका विरोधीहरु पनि उनको प्रशंसा गर्ने गर्थे । उनी मानिसहरुको बीचमा निकै लोकप्रिय पनि थिए । धेरैजसो सार्वजनिक कार्यक्रममा जाँदा पनि कालो चस्मा लगाउने गर्थे ।

एम करुणानिधिलाई फिल्मका कहानीहरु लेख्ने शोख थियो । लेख्नका साथै पढ्नमा पनि उनको रुचि थियो । सन् १९५४ मा उनको देब्रे आँखामा केही समस्या देखिएको थियो । यससँगै डक्टरले उनलाई किताबभन्दा टाढै रहनका लागि निर्देशन दिएका थिए । उनका लागि यो निकै ठुलो सजाय थियो । यस्तोमा उनले आँखामा औषधी हाल्दै किताब पढ्दै पनि गरिरहे । बिस्तारै बिस्तारै उनको आँखाको समस्याले विकराल रुप धारण गर्‍यो ।
 
आँखासँग जोडिएको उनको अर्को कहानी पनि सुन्नमा पाइन्छ । सन् १९६७ मा हिन्दुविरोधी आन्दोलनको क्रममा प्रहरीले उनको टाउकोमा लाठी प्रहार गरेको थियो । त्यसपछि उनको आँखाको समस्या झन् बढ्दै गएको थियो । अमेरिकामा उपचार गर्दा डक्टरले उनलाई कालो चस्मा लगाउनका लागि सुझाव दिएका थिए । त्यसपछि उनले कालो चस्मा लगाउन सुरु गरेका थिए । त्यसपछि उनले ५० वर्षसम्म कालो चस्मा लगाएका थिए ।

करुणानिधिले आफ्नो चस्मालाई निकै जतन गर्ने गरेका थिए । परिवारका कुनै सदस्य होस् वा पार्टीको कुनै वरिष्ठ साथी करुणानिधिको चस्मालाई छुने साहस गर्दैनथे । यद्यपि सन् २०१७ मा डक्टरहरुले उनलाई उक्त कालो चस्मा खराब भइसकेको र यसलाई फेरि प्रयोग गर्न नसकिने बताएका थिए ।

करुणानिधिका लागि नयाँ चस्माको लागि ४० दिनसम्म एक अभियान चलाइएको थियो तर उनलाई कुनै पनि चस्मा मन परेको थिएन । अन्त्यमा चेन्नईको विजया अप्टिक्सले जर्मनीबाट केही चस्मा जर्मनीबाट मगाएको थियो । जसमा केही चस्मा उनलाई मन परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ