arrow

निर्मलाका आमाबाबुलाई हटफ्रिज सहयोग, जाडो बढेपछि धर्नामा बसेकाहरुलाई समस्या

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
nirmala-hotfrize.jpg

कञ्चनपुर ।  बलात्कारपछि हत्या गरिएकी १३ बर्षिया निर्मला पन्तको न्यनायका लागि धर्नामा बसेका उनका परिवारलाई तातो पानी पिउने हटफ्रिज सहयोग गरिएको छ ।   जगदम्बा कम्पनीका सञ्चालक तथा व्यवसायी दान सिह ठकुराठीले बिहीबार उक्त विद्युतिय हटफ्रिज हस्तान्तरण गरेको अधिकारकर्मी शारदा चन्दले बताए ।
 
हटफ्रिज सहयोग पाएपछि धर्नामा रहेकालाई तातो पानी पिउन राहत पुगेको छ । भने यज्ञराजको उपचार भईरहेको छ ।  जगदम्बा कम्पनीका सञ्चालक तथा व्यवसायी ठकुराठीले धर्नामा बसेका व्यक्तिलाई चिसो मौसममा तातो पानी पिउन राहत पुगोस् भनेर सहयोग गरेको बताए ।

बुधबारदेखि कञ्चनपुरमा जाडो बढेपछि धर्नामा बसेका मानिसहरुलाई समस्या परेको छ ।  फारवेष्ट टेक्निकल कलेजका विद्यार्थी एवं शिक्षकले समेत धर्नामा एैक्यबद्धता जनाएका छन्  । निर्मलाका बाबु यज्ञराज उनकी जेठी श्रीमती दुर्गा, कान्छी श्रीमती धर्नामा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ