arrow

सर्लाहीमा हात्ती आतंक : गाउँ पसेर भत्कायो घर

logo
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
elephant_in_Sri.jpeg

सर्लाही। जंगली हात्तीले सर्लाहीको गौरीशंकरस्थित हरकठ्वा गाउमा राती एउटा घर भत्काएको छ । मध्यरातमा गाउ पसेको हात्तीले हरकठ्वाका कारिलाल महतोको बासको टाटीले बारेको बेराघेरा भत्काएर घरभित्र राखेको धान, चामल लगायतका अन्नबाली नष्ट गरेको हो ।

गाँउले र प्रहरी मिलेर हात्तीलाई नजिकैको उखुबारी तर्फ धपाएका छन् । सागरनाथ जंगलभन्दा दक्षिण तर्फको बस्ती गौरीशंकरस्थित हरकठवा क्षेत्रमा विगत चार दिनदेखि  हात्ती आतंक कायमै छ ।

 दिनभर नजिकका जंगलमा बस्ने हात्ती रात परेपछि गाउ छिरेर घर भत्काउने, अन्न खाने र खेतबारीमा लगाएको बालीनाली नष्ट गर्नेक्रम नरोकिदा स्थानीयको दैनिक खलबलिएको छ ।

राजमार्ग उत्तरका हीरापुर, रानीगञ्ज र परवानीपुरमा निकै दुःख दिएको तीन वटा जंगली हात्ती विगत चार दिनदेखि बँके चौक भन्दा दक्षिण सागरनाथ जंगल नजिकको गौरीशंकरस्थित हरकठवा गाउमा देखा परेको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ