arrow

सप्तरीमा भिषण आगलागी : १३ घर जलेर नष्ट

logo
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
fire.jpeg

सप्तरी ।  तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित बभनगा, कट्टी टोलमा शुक्रबार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएको छ । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले आगलागीबाट एक एक बाछी र बोका, रु एक लाख, भाँडाबर्तन, चामललगायत जलेर नष्ट हुँदा करीब रु ४० लाख मूल्य बराबरको क्षति भएको बताए ।
 
बिन्देश्वर साफीको घरबाट सल्केको आगोले उहाँसहित आनन्द साफी, मन्नु साफी, प्रयाग साफी, प्रसाद साफीलगायतको घर जलेको स्थानीयवासीले जानकारी दिएका छन् । राजविराज र हनुमाननगर कङ्कालिनी नगरपालिकाको वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको सप्तरी प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ