arrow

‘कम्निस्टको बिल्ला भिरेका लुटेरा’ 

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
KHAGENDRA-SANGRAULA.jpg

काठमाडौं । राजधानीमा घर हुने सांसदले ‘घर छैन’ भनेर संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिइरहेकोप्रति चर्को आलोचना भएको छ । जनताका काम गर्ने भनी जनताकै भावनाअनुसार बग्ने सपथ खाएका सांसदहरुको कर्तुत बाहिरिएपछि आलोचनाको ओइरो आइरहेको हो । 

घरै भएर पनि घर छैन भनी लुट्ने सांसदहरु धेरै छन् । सबैभन्दा बढी अभद्र तरिकाले कम्युनिष्ट सांसदहरुले लुटेका छन् । यस्तो सुविधा लिनेमा उद्योगी, व्यापारी र दलका चर्चित नेता पनि छन् । 

यो कर्मले गर्दा उनीहरु आलोचनाको शिकार भइरहेका हुन् । मन्त्रीकै क्वाटरमा बस्ने मन्त्री पत्नीहरु (सांसदहरु) ले पनि घरभाडामा लिएपछि अझ बढी आलोचना भइरहेको हो । 

यो समाचार बाहिरिएपछि राजनीतिक विष्लेषक खगेन्द्र संग्रौलाले कम्युनिष्ट नेताहरुको उछितो काढेका छन् । उनले लेखेका छन् –‘मन्त्री वर्षमान पुन र शक्ति बस्नेतसँग क्वाटरमा बस्ने पत्नी सांसद ओनसरी घर्ती र सन्ध्या पहाडी पनि घरभाडाको रकम हसुर्दै ? पतिको मन्जुरीसाथ ? घरविनाका भूकम्पपीडित, सुकुम्बासी, अमुक्त कमैया यिनलाई के भन्दा हुन्क ? कम्निस्टको बिल्ला भिरेका लुटेरा ? कम्निस्टका निधारका कलङ्क ? हैट्, खानका काल !’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ