arrow

प्रकाशशरणले देउवालाई भने –बोली बुझिन्न तर दृढ हुनुहुन्छ

हाम्रा शत्रु हामी नै 

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
congress-mahasamiti1.jpg

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाको बोली र भाषा नबुझिए पनि दृढ रहेको बताएका छन् । काँग्रेस महासमिति बैठकको उद्घाटनका क्रममा बोल्दै सहमहामन्त्री महतले देउवाको दृढ संकल्प नभएको भए तीनै तहको निर्वाचन हुन नसक्ने बताए । 

उनले देउवामा बुझाउन सक्ने क्षमताको कमी भए पनि सबैले मिलेर निष्कर्षमा पुर्याउनु पर्ने बताए । उनले आफूले विद्यार्थी तहदेखि देउवालाई जानेकाले उनको लक्ष्यप्रति स्पष्ट भएको बताए । 

पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको पनि बोली स्पष्ट नभएको स्मरण गर्दै महतले ‘सुशील दाले पनि दृढ संकल्प भएर संविधान जारी गर्न सफल हुनुभयो ।’ स्पष्ट संकल्प भए कसैले कुनै काम रोक्न नसक्ने बताए । 

हाम्रा शत्रु हामी नै 
डा महतले काँग्रेसको शत्रु काँग्रेस नै भएको बताए । उनले भने, ‘कम्युनिष्टहरुले घोषणापत्रमै ठूलो शत्रु काँग्रेसलाई भनेका छन्, हामीले त हाम्रो शत्रु कम्युनिष्टलाई हैन काँग्रेसभित्रैकालाई देखेका छौं । यसलाई बन्द गरौं ।’

उनले काँग्रेसले आपसमा लड्न छाड्ने हो भने अर्को पटक बहुमत काँग्रेसकै आउने दावी गरे । काँग्रेस प्रचारप्रसार गर्न चुकेको पनि उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ