arrow

महासमितिमा उठाए महामन्त्री कोइरालाले धर्मको विषय 

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
congress-mahasamiti1.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले शनिबारदेखि सुरु भएको महासमिति भेलामा धर्मको कुरा उठाएका छन् । उद्घाटन शत्रका क्रममा बोल्दै महामन्त्री कोइरालाले नेपालको परम्परामा प्रहार भइरहेकोले अब हिन्दु, बौद्ध र किरात धर्मको संरक्षणमा लाग्नुपर्ने बताए । 

उनले धर्मान्तरणको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । डा कोइरालाले पार्टीको हितभन्दा नेताहरुको स्वार्थमाथि हुन नसक्ने भन्दै महासमिति बैठकमा पार्टी र नेतृत्वको वस्तुनिष्ठ समीक्षा हुनुपर्ने बताए । 

उनले महासमिति नीति निर्माण गर्ने थलो र आगामी यात्रा तय गर्ने ठाउँ भएकोले यो बेलामा सबै कुराको समीक्षा हुनुपर्ने बताएका छन् । 

महामन्त्री कोइरालाले संसारबाट विस्थापित भइरहेको कम्युनिष्टले नेपालमा सरकार चलाएको भन्दै आश्चर्यसमेत व्यक्त गरेका छन् । केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारमा नारी अस्मिता सुरक्षित नभइरहेको र सरकारमा बसेकाहरू भ्रष्टाचारमा डुबेको उनको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ