arrow

‘गोरे’को ३३ किलो सुन भेटियो !

logo
प्रकाशित २०७५ पुष १ आइतबार
gore-gold.jpg

काठमाडौं । गोरे भनिने चुडामणि उप्रेतीको भनिएको नेपालबाट गायब भएको साढे ३३ किलो सुन भारतमा फेला परेको छ । उक्त सुन र सनम शाक्य हत्यामा फरार रहेका अभियुक्तको नाम र भारतको कोलकातामा ३३ केजी सुनसहित पक्राउ परेका दुई नेपाली नागरिकको नाम एउटै भएको पाइएको हो । 

गृह मन्त्रालयका अनुसार भारतको कोलकातास्थित डाइरेक्टोरियट अफ रेभिन्यु इन्टेलिजेन्स (डिआरआई) ले गत मंसिर २१ गते ३३ केजी सुनसहित नेपाली नागरिक राकेशप्रसाद र हेमप्रसाद शर्मालाई पक्राउ गरेको थियो ।

उनीहरू दिल्ली कोलकाता हाइवेमा पर्ने दन्कुनी टोल प्लाजाबाट मारुती स्विफ्ट भिएक्सआई कारसहित पक्राउ परेका थिए । गृहले कोलकातामा बरामद सुन नेपालबाट गायब ३३ केजी सुन नै रहेको दाबी गरेको छ ।

सरकारले गत २० चैत ०७४ मा गठन गरेको उच्चस्तरीय विशेष अनुसन्धान समितिका तत्कालीन संयोजक ईश्वरराज पौडेलले ३३ केजी सुनसँगै कोलकातामा पक्राउ परेका दुई नेपालीको नामसँग सनम शाक्य हत्यामा फरार रहेका अभियुक्तको नाम मिलेको बताए ।

गृह मन्त्रालयका अनुसार कोलकातामा बरामद सुन दुबईबाट भित्रिएको र सुनसँगै पक्राउ अभियुक्त इटहरीका स्थानीय रहेको खुलेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ