arrow

पूर्व लडाकु प्रचण्ड बादललाई गलपासो, माइतीघरमा आमरण अनसन

गृहमन्त्रीज्यू, आमरण अनसन बस्ने 'दुखी' पूर्वलडाकू हुन्, जेल हाल्दिए हुन्छ !

logo
प्रकाशित २०७५ पुष १ आइतबार
Amaran_ansan.jpg

काठमाडौं । जनयुद्धमा राज्य विरुद्ध लड्दा घाईते भई अपांगता भएका ७ जना पूर्व लडाकुहरु यतिबेला माईतीघर मण्डलामा ४ दिनदेखि अनसनमा छन् । आफूसँग पटक पटक सरकारले गरेको सम्झौता कार्यान्वयन नभएपछि उनीहरु पुसको महिनामा चीसो छिडीमा सुत्न बाध्य छन्।

त्यही जनयुद्धको पृष्ठभूमिबाट अहिले प्रधानमन्त्री बनिसकेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा 'बादल'को लागि यो अनसन अहिले गलपासो बनेको छ । गृहमन्त्री थापा त्यही बाटो सिंहदरबार र मन्त्री निवास ओहोरदोहोर गर्छन् । तर, आफूलाई सत्तामा पुर्याउने यी योद्धाहरुलाई उनले धन्न अहिलेसम्म देखेका छैनन् । यसरी अनसन बसिरहेको देखेमा गृहमन्त्री थापाले माग पुरा गराउने भन्दा पनि प्रहरीको जिम्मा लगाएर जेल पठाउने गरेको भेटिएको छ ।

विहीबारदेखि सरकारसँग यसअघि भएका सम्झौताहरु कार्यान्वयनको माग गर्दै उनीहरु अनिश्चितकालीन अनशनमा बसेका हुन् । उनीहरुको चीसोका कारण अहिले स्थिती गम्भीर बन्दै गएको छ । यसअघि जनयुद्धका घाईते तथा अपाङ्ग भएका व्यक्तिहरुको संगठनले संघर्ष समिति गठन गरी नेपाल सरकारसँग पटक–पटक वार्ता सम्झौताहरु गरेको थियो ।

यस अघि संगठनका संयोजक युवराज वि।क।ले अनसनको नेतृत्व गरेका थिए । उनलाई गृहमन्त्री थापाले पक्राउ गर्न लगाएपछि अहिले उनी महानगरीय प्रहरी वृत्त जावलाखेलको हिरासतमा छन् । अनसनकारीले गृहमन्त्री थापाको निर्देशनमा उनी पक्राउ परेको आरोप लगाएका छन् । अहिले आमरण अनशन नरविर कामीको नेतृत्वमा बसिरहेको छ । 

आफ्नो धरातल विर्सिएर आफैंलाई सत्तामा पुर्याउनेहरुलाई नै विर्सिएर गृहमन्त्री थापाले सत्ताको आडमा तिनै जनआन्दोलनका घाईतेहरुमाथि ज्यादती गर्नेगरेका छन् । यसैबीच शनिबार नयाँ शक्ति नेपालका संगठन विभागप्रमुख गंगा श्रेष्ठले उनीहरुलाई भेटेका छन् । उनीहरुको अवस्था नाजुक रहेको भन्दै श्रेष्ठले उनीहरुको माग पूरा गर्नको लागि श्रेष्ठले माग पनि गरेका छन् । 

उनले आज गृहमन्त्री थापालाई सिंहदरबार पुर्याउने योद्धाहरु तीनदिनदेखि माइतीघर मण्डलाको खुल्ला आकाशमुनी मुटु छेड्ने जाडोसँग जुध्दै आफ्नो अधिकारका लागि आमरण अनशन बसिरहेका छन् भन्दै जनयुद्धका यी योद्धाहरूको माँग शीघ्र पूरा गर्न सरकारसँग माग पनि गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ