arrow

बीपीलाई जेल पठाउने महेन्द्रको विरोधमा कालो दिवस

logo
प्रकाशित २०७५ पुष १ आइतबार
mahendra-bp-koirala.jpg

काठमाडौँ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आइतबार (पुस १ गते) को दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ । 

विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गरेका थिए । 

नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महीना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । 

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको हो ।

यही जेल पछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । यहीँ बसेर बिपीले ‘दोषी चस्मा’ कथा सङ्ग्रह बाहेकका साहित्यको रचना गरेका थिए । 

पुस १ गते तरुण दललगायतका संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रुपमा कालो दिवसका रुपमा मनाउँदै आएका छन् । यसै अवसरमा देशभर विभिन्न कार्यक्रम गरिने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ