arrow

प्रधानमन्त्री ज्यू पुस त लाग्यो नि पानीजहाज चढ्न कहाँ जाने हो ?

logo
प्रकाशित २०७५ पुष १ आइतबार
kp-sharma-oli.jpg

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले गत असार १४ गते निकै हुँकारका साथ विपक्षीलाई चुनौती दिँदै भनेका थिए ‘पुस १६ गते विपक्षी साथीहरुलाई पानीजहाज चढेर कोलकाता जानका लागि आजैदेखि निम्तो छ ।’

नेपालमा पानीजहाज चल्न सम्भव छैन अहिलेलाई गाडी गुड्ने सडक राम्रो पार्न भन्दै प्रतिपक्षी दल नेपाली काँग्रेसले आग्रह गरिरहँदा ओलीले आक्रामक शैलीमा पुस १६ को निम्तो दिएका थिए । 

उनले त्यतिबेला सप्तरीको हनुमाननगरदेखि भारतको कोलकातासम्म पानीजहाज चलाउने सरकारको तयारी रहेको बताएका थिए । उनले काँग्रेसलाई ब्यङ्ग्य गर्दै भनेका थिए, ‘हिजो विरोध गर्नेको स्वर रेकर्डेड रहेको भन्दै उनले कागजका डुंगा चलाउनेले त्यसपछि के गर्छन् ?’ भनेर उल्टै प्रश्न गरेका थिए । 

विकासमा क्रान्ति गर्ने भन्दै जननेता मदन भण्डारीको ६७ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा कुर्लदै ओलीले विकासका काम गर्न कसैले नरोक्ने बताएका थिए । 

तर ओलीको कामभन्दा बोली मात्रै सशक्त देखियो । काठमाडौंका सडकसमेत सुधार गर्न नसकेका ओलीले नेपालकै पानीजहाज चलाउलान् भनेर दंग पर्ने नेपाली मुर्ख बनाइए । 

ओलीले असारमा नेपालको पानीजहाजलाई कोलकातामा स्वागत गरिने बताएका थिए । तर दुर्भाग्य ओलीले आफूले देखेको सपनालाई साकार गर्न एक कदम पनि अगाडि बढेनन् । 

सम्भावता अध्ययन समेत नगरेका ओलीले अब १५ दिनपछि विपक्षीलाई के भन्ने होलान् ? कतै साउनमा निर्मला पन्त हत्याकाण्ड भयो त्यसमै सरकार अल्मलियो, यो पनि विपक्षीकै चाल थियो भनेर दोष दिने त हैनन् ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ