arrow

पार्टी धार्मिक स्वतन्त्रताको पक्षमा उभिनुपर्छ : शशांक

logo
प्रकाशित २०७५ पुष १ आइतबार
sasank-new-pc.jpg.jpeg

काठमाडौँ ।  नेपाली कांग्रेसमका महामन्त्री डा शशांक कोइरालाले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा उभिनुपर्ने बताएका छन् । महासमिति बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा उभिनुपर्ने बताएका हुन् ।  कोइरालाले धार्मिक निरपेक्षतालाई छाडेर पार्टीले सबै  धर्म र बर्गलाई सम्मान हुने गरी  धार्मिक स्वतन्त्रताको मार्ग अवलम्बन गर्नुपर्ने धारणा राखे ।   

आइतबार बिहानदेखि महासमिति बैठकको बन्द सत्र शुरु भएको छ ।  बन्द सत्रमा महामन्त्री डा शशांक कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको ‘आर्थिक प्रस्ताव’ पेश गरेका छन् । तीन वटै प्रस्तावमाथि आइतबार छलफल हुनेछ ।

प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधान संशोधनको मस्यौदामा भने सहमति जुट्न बाँकी रहेको जनाइएको छ । सहमतिपछि केन्द्रीय समितिले पारित गरी बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिने जनाइएको छ ।

बैठकमा ७७ जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका गरी एक हजार ७ सयभन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ । बैठक पुस ३ गते समापन हुने जनाइएको छ । मङ्सिर २९ गते बैठक शुरु भएको हो । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ