arrow

सुस्ताबासीले नेपाल फर्काए बाढीले बगाएर भारत पुर्‍याएको गैडा, अझै दुईवटा फर्काउन बाकी

logo
अंगद यादव,
प्रकाशित २०७५ पुष १ आइतबार
rhino-nawalparasi.jpg

नवलपरासी पश्चिम । साउनको बाढीमा नारायणी नदिमा बगेर भारतीय भुमिमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैंडा मध्ये एउटा गैडा सुस्ताबासीले शनिवार सुस्ता भुमिमा फर्काउन सफल भएका छन ।

अलपत्र अबस्थामा तीन वटै गैडा मध्ये एउटा गैडा विवादित १४ हजार ५ सय हेक्टर भुमि नजिकको जंगलमा थियो । भारतको सुस्ता जंगलमा पुगेका गैंडा फर्काउने पटकपटक प्रयास गरिए पनि भारतीय सुरक्षाकर्मी एसएसबी र बन कर्मचारीले अवरोध गर्दै आईरहेका थिए ।

गैडा लिनका लागि भारत पुगेको चितवन राष्ट्रिय निकुञ्जको टोलीलाई केन्द्रको अनुमति विना गैंडा फिर्ता लैजान नमिल्ने भन्दै रोक लगाईएको छ । भारतले आफ्नो बन क्षेत्रमा रहेका गैंडाको रेखदेखका लागि ६ जना कर्मचारी राखेको नेपालतर्फ आउन रोक लगाएको सुस्ताका स्थानीयहरुले बताएका छन् ।

अहिले नेपालबाट बगेर भारत पुगेका ३ वटा गैंडाहरु मध्ये १ वटा गैंडा पोथी हो जसलाई सुस्ताका युवाहरु लुकीलुकी भारतीय जंगल भित्र पसेर गुलेली हान्दै नेपालको सुस्ता भुमी फर्काउन सफल भएको सुस्ता बचाउ अभियानका सदस्य रबिन्द्र जैसवालले बताएका छन् ।

अहिले भने २ वटा गैडा विहारको  सिर्सिया जंगलमा रहेका छन् । गैंडा नेपाल फर्काउनका लागि चितवन राष्ट्रिय निकुञ्जबाट रेञ्जर दिनेश चौधरीको नेतृत्वमा ३ वटा हात्ति सहितको टोली सुस्ता पुगेको छ । टोलीले गैंडा फर्काउनका लागि भारतिय बन कर्मचारीहरु संग पहल गर्दा केन्द्रबाट स्वीकृति लिनु पर्ने बताएका छन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ