arrow

चौधरी, वाग्ले र रूंगटासहित ६ जना महासमिति सदस्य थपिए

logo
प्रकाशित २०७५ पुष १ आइतबार
chaudhary-wagle-rungta.jpg

काठमाडौं । नेपाली कांग्रेसको महासमिति सदस्यमा ६ जनालाई थप गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई विभिन्न क्षेत्रमा रहेर पुर्‍याएको योगदानको आधारमा उनीहरुलाई महासमिति सदस्यमा थप गरेका हुन् ।
 
थप गरिएको महासमिति सदस्यहरुमा विनोद चौधरी, अनिल रूंगटा, स्वर्णिम वाग्ले, दीपक अधिकारी, शम्भुलाल श्रेष्ठ र सुरेन्द्र चौधरी रहेका छन् । महाधिवेशनका लागि कांग्रेसका १८ सय भन्दा बढी सदस्यहरु सहभागी छन् ।

महासमितिमा मनोनित मध्ये नेपालकै एकमात्र अर्वपती उद्यमी विनोद चौधरी कांग्रेस सांसद हुन् भने पर्साका उद्योगी अनिल रूंगटा समानुपातिकबाट पुर्व सभासद हुन् । गोरर्वाका स्वर्णीम वाग्ले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् ।

दिपक अधिकारी सर्लाहीका कांग्रेस नेता हुन् भने नेबिसंघका पूर्व उपाध्यक्ष हुन्। पुर्वमन्त्री शम्भुलाल श्रेष्ठ सर्लाहीका नेपाली कांग्रेसका नेता हुन् भने पर्सा कांग्रेसका पूर्व सभापति सुरेन्द्र चौधरी पूर्व मन्त्री रहिसकेका छन्। 

भुलसुधार: समाचारमा अनिल रुंगटा हुनुपर्नेमा अन्यथा भएकोमा क्षमाप्रार्थी छौं । -सम्पादक



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ