arrow

सांसदको तलव नै मनाङको शैक्षिक क्षेत्रमा खर्चिदै कर्मा घले

नलिएको घरभाडा लिएको भनेर संसद सचिवालयले बद्नाम गराएकोमा घलेको गुनासो

logo
प्रकाशित २०७५ पुष १ आइतबार
karma-ghale.jpg

काठमाडौं। नेपाली कांग्रेसबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद कर्मा घलेले संसद सचिवालयको कमजोरीका कारण आफूहरुको बद्नाम भएको बताएका छन्। सांसद भएपछि व्यक्तिगत विवरण बुझाउने क्रममा काठमाडौंमा घर भएको उल्लेख गरेर फर्म बुझाए पनि अहिले आफूहरुले घर भाडाका नाममा सुविधा लिएको सार्वजनिक भएपछि अनाहकमा वदनामी भएको घलले गुनासो गरेका हुन्। 

सांसद भएपछि संसद सचिवालयले खोलिदिएको एभरेष्ट बैङकको खातामा रहेको तलव सुविधाको रकम अहिलेसम्म एक रुपैयाँ समेत ननिकालेको उल्लेख गर्दै घलेले सो रकम एकमुष्ट आफूले प्रतिनिधित्व गर्ने मनाङको शैक्षिक विकासमा खर्च गर्ने योजना बनाएको बताए। सांसद घलेले समाचार सार्वजनिक हुनुअघी नै सचिवालयको कमजोरीका कारण खातामा आएको घरभाडाको रकम पुनः सरकारी कोषमा नै रहनेगरि सचिवालयले नै फिर्ता लिए पनि अहिले फेरि आफ्नो नाम जोडेर समाचार आएकोमा उनले सचिवालयको नियतमाथि नै प्रश्न उठाए। 

संसद सचिवालयमा बुझाएको विवरणमा काठमाडौं घर भएको उल्लेख गर्दा गर्दै संसद सचिवालयले त्यसलाई ख्याल नगरि खातामा घरभाडाको रकम समेत थपेर रकम दिनु सचिवालयको नै कमजोरी रहेको उनले बताए।     

सांसदको तलब वापतको रकम समेत जिल्लाको शैक्षिक तथा अन्य सामाजिक काममा खर्चिने योजना सुनाउँदै घलेले घर भाडाको नाममा सुविधा लिने आफ्नो कुनै नियत नभएको हाम्राकुरालाई बताए। 

औषधी उद्योगी समेत रहेका घलेले आफ्नो स्वामित्वमा रहेको सुमी फर्मास्युटिकल्सबाट उत्पादित औषधी कम्पनी सञ्चालनमा रहेसम्म मनाङका स्वास्थ्य क्षेत्रमा निशुल्क उपलव्ध गराउने आफ्नो यसअघीको प्रतिबद्धता पुन दोहोर्‍याएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ