arrow

नेपालको सामाजिक, धार्मिक सद्भाव र सनातन धर्म जोगाउन महामन्त्री खड्काको अपील 

logo
प्रकाशित २०७५ पुष २ सोमबार
Purna-Bahadur-Khadka-Congress.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले नेपालको सनातन धर्म जोगाउन अपील गरेका छन् । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार नेपालको धर्मलाई तहसनहस पार्ने दिशामा अघि बढेको आरोप लगाउँदै महामन्त्री खड्काले सबै मिलेर नेपालको धर्म जोगाउनु पर्नेमा जोड दिएका हुन् । 

उनले ओली सरकार नेपालको सामाजिक, धार्मिक सद्भाव र सनातन धर्मलाई तहसनहस पार्ने दिशामा सरकार अघि बढेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् । 

नेता खड्काले काँग्रेसको काठमाडौंमा जारी महासमिति बैठकले धर्मका बारेमा गम्भीर निचोड निकाल्नुपर्ने धारणासमेत व्यक्त गरेका छन् । उनले भने, ‘कम्युनिष्ट सरकार नेपाली संस्कृति मेट्न लागिपरेको छ ऐतिहासिक पार्टी भएकाले पनि काँग्रेसले नेपालीपन बचाउनु पर्ने जिम्मेवारी आएको छ । कांग्रेसका सबै साथीहरु मिलेर यो अभियानलाई सफल पार्नुपर्छ ।

नेता खड्काले नेपालको हरेक परिवर्तनको नेतृत्व गरेको पार्टीले देशको अस्तित्व बचाउन पनि गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका छन् । काँग्रेसले नै संविधानसभाबाट जनताको संविधान जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मार्गचित्र कारेको स्मरण गर्दै खड्काले संविधान जारी गरेको नायकत्व नेपाली काँग्रेसले किन लिन सकेन भन्ने विषयमा पनि महासमिति बैठकबाट ठोस निष्कर्ष निकाल्नुपर्ने बताएका छन् । 

उनले लोकतन्त्र, यस्का उपलब्धि र लोकतान्त्रिक संस्थाहरुलाई सिध्याउन सरकार लागिपरेको भन्दै लोकतन्त्र र लोकतान्त्रिक संस्थाहरुको रक्षाका निम्ति महासमितिले पार्टीलाई स्पष्ट दिशा देखाउनुपर्नेमा पनि जोड दिएका छन् । 

महामन्त्री खड्का विधान मस्यौदा समितिका संयोजक हुन् । काँग्रेसको नयाँ वधानमा भने अझै सहमति जुट्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ