arrow

पूर्वराजालाई बीपी कांग्रेस, तीन वटै राप्रपा र शिवसेनाको स्वागत

logo
प्रकाशित २०७५ पुष २ सोमबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार बिहान पोखरा जाँदैछन् । पूर्वराजा पूर्वरानी कोलमसहित बिहान बुद्ध एयरको फ्लाइटमा पोखरा जान लागेका हुन् । उनलाई बिहान ११ः३० बजे पोखरा विमानस्थलमा भब्य स्वागत गर्ने तयारी भइरहेको छ । 

पूर्वराजाको स्वागत र व्यवस्थापनका लागि समाजसेवी एवं वरिष्ठ पत्रकार केसव भण्डारीको संयोजकत्वमा ५५१ सदस्यीय समिति बनाइएको छ । 

समितिमा बीपी कांग्रेस, तीन वटै राप्रपा र शिव सेना लगायतको सहभागीता रहेको छ । संयोजक भण्डारीले पूर्वराजाको भब्यतापूर्वक स्वागत गर्ने तयारी भइरहेको बताएका छन् । 

निजी भ्रमणका लागि पोखरा जाँदै गएर पूर्वराजाले धार्मिक स्थल भ्रमण गर्नुका साथै विभिन्न दलका नेता, कार्यकर्ता, राजावादीहरुसंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव डा फणिराज पाठकले जानकारी दिएका छन् । 

पाठकले पूर्ण कार्यक्रम तय भइनसकेको भए पनि पोखरामा बसाइ राम्रो हुने दावी गरे । पूर्वराजपरिवारले अंग्रेजी नयाँ वर्ष भब्यतापूर्वक मनाउने समेत बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ