arrow

कांग्रेस महासमिति बैठक दुई घण्टाका लागि स्थगित

logo
प्रकाशित २०७५ पुष २ सोमबार
congress-mahasamiti.jpg

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक दुई घण्टाका लागि स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले विधानमा सहमति गर्नका लागि केन्द्रीय समिति बैठकमा जाने बताएर उपसभापति विजयकुमार गच्छदारलाई सभापतित्व दिन खोजेपछि महासमिति भेलाले हुटिङ गरेपछि बैठक दुई घण्टा स्थगित गरेको हो । 

महासमिति सदस्य रामहरि खतिवडाले हाम्राकुरासंग भने, ‘सभापति ज्यूले उपसभापति गच्छदारलाई सभापतित्व दिएर केन्द्रीय समितिमा जाने बताउनु भयो, महासमितिले अहिलेसम्म विधानमा सहमति नगर्ने अनि अहिले आएर फेरि केन्द्रीय समितिमा जाने बहानामा हिजोमात्र आएका गच्छदारलाई सभापतित्व दिने प्रस्ताव मान्य हुँदैन भन्यो अनि वाध्य भएर सभापतिले आधा घण्टाका लागि भन्दै बैठक स्थगित भएको घोषणा गर्नुभएको छ ।’

उनले आधा घण्टा र खाना खाने समय गरी बैठक दुई घण्टाभन्दा बढी स्थगित हुने बताए । अब दिउँसो २ बजेमात्रै बैठक बस्न सक्ने उनले बताए । 

बैठक स्थगित हुनुअघि बिहान ७ जना महासमिति सदस्यले आफ्नो विचार राखिसकेका थिए । 

यता, केन्द्रीय समिति बैठक सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ । विधानमा सहमति जुटाउन बैठक बसिरहेको हो । धेरैजसो बुँदामा सहमति भए पनि निर्वाचन पद्धति र पदाधिकारी संख्यामा मात्र सहमति जुट्न बाँकी रहेको छ । 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार विधानका लागि सर्वसम्मतिको प्रयास भइरहेको छ । यदि सर्वसम्मत भएन भने समानान्तर प्रस्ताव आउन सक्ने सम्भावना रहेको बताइन्छ । 

विधानमा सहमति जुटाउन विधान मस्यौदा समितिका सदस्यहरुले आइतबार राति अवेरसम्म छलफल गरेका थिए । सहमति नजिक पुगिएको नेताहरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ