arrow

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित 

logo
प्रकाशित २०७५ पुष २ सोमबार

काठमाडौं । नेपाली काँग्रेसको महासमिति बैंठक स्थगित गरेर बस्न लागेको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । पदाधिकारी कति बनाउने भन्ने विषयमा सहमती हुन नसकेपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।

बैठक साँझ ६ बजे बस्ने भनिएको छ । सभापति शेर बहादुर देउवाले महासमिति बैठक सञ्चालनको जिम्मेवारी उपसभापति विजयकुमार गच्छदारलाई दिएर आफू केन्द्रीय समिति बैठकमा जान लागेपनि सभाबाट सभापति विनाको बैठक हुन नसक्ने भन्दै विरोध भएपछि महासमिति बैठक २ घण्टाको लागि स्थगित गरिएको थियो । तर, निर्वाचन प्रणाली र पदाधिकारीको संख्याको विषयमा सहमति हुन नसकेपछि केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको हो । 

केन्द्रीय समिति बैठक भन्दा पहिले पदाधिकारी बैठक बसेको थियो । तर, पदाधिकारीहरुको बैठकमा नै यो विषयमा सहमती हुन नसकेपछि केन्द्रीय समिति बैठक बस्न नसकेको हो । पदाधिकारी बैठकमा पौडेल निकट नेताहरु आफुनो पूर्व अडान उपसभापति, महामन्त्री र सहमहामन्त्री ३÷३ जना हुनुपर्ने अडानबाट पछि हटेपनि सभापति देउवाले प्रस्ताव गरेजस्तो एकजना उपसभापति, महामन्त्री र सहमहामन्त्रीको निर्वाचन गराउने विषयमा सहमत हुन नसकेको हो ।

पौडेल पक्ष सबै पदमा निर्वाचन गर्नुपर्ने अडानमा छ । सभापतिले देउवाले भने २ जना उपसभापति, २ महामन्त्री र २ जना सहमहामन्त्री बनाउने र ती मध्ये एक एक जना निर्वाचनबाट र एक एक जना मनोनित गर्ने प्रस्ताव गरेका थिए । यही विषयमा सहमति नजुटेपछि केन्द्रीय समिति बैठक समेत साँझसम्मको लागि स्थगित गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ