arrow

खटिया–दिपायल सडक राष्ट्रिय राजमार्गमा राख्न माग

logo
प्रकाशित २०७५ पुष २ सोमबार
road.jpeg

डोटी । सुदूरपश्चिमको खुटिया—दिपायल हुँदै बझाङ्ङको मानसरोवर जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रयास थालिएको छ । सांसदहरुको प्रतिनिधिमण्डल गएको छ ।

डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेमगर सहितको टोलीलेले भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेटलाई उक्त सडकलाई राष्ट्रिय राजमार्ग बनाउनका लागि मन्त्रिपरिषद्को बैठकमा पेश गर्न आग्रह गरेका हुन् । उक्त सडक राष्ट्रिय राजमार्ग बनाउनका लागि मन्त्री परिषद्को बैठकमा पेश गर्ने प्रतिबद्धता भौतिक योजना तथा निर्माणमन्त्री महासेठले जनाउनुभएको कुरा सांसद आलेमगरले जानकारी दिए।

डोटीको विकासका लागि लागिपर्नुभएका सांसद आलेमगरले उक्त सडकलाई जसरी पनि मानसरोवरमा पुर्‍याएरै छोड्ने जिकिर गरे। सांसदहरु तेप्लेजुङका योगेश भट्टराई, मकवानपुरका विनोद खतिवडाले पनि ओलानचुङगोला सडक र थानकोट चित्लाङ सडकलाई पनि राष्ट्रिय राजमार्ग बनाउनका लागि पहल गरिदिन मन्त्री महासेठलाई आग्रह गरेको बताइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ