arrow

काठमाडौँ ल्याइदै गरेको १४७ बोतल डायलक्स र ६ सय चक्की नाइट्रोभेट बरामद

logo
प्रकाशित २०७५ पुष २ सोमबार
pakrau-new.jpeg

बर्दिवास ।महोत्तरीको बर्दिवास–३ गौरीडाँडामा आज प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।

बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका क्रममा दुई सवारीसाधनबाट १४७ बोतल डायलक्स र ६०० चक्की नाइट्रोभेट बरामद गरिएको हो । कटारीबाट काठमाडौँ जाँदै गरेको बा३ख ७४६८ नं को मिनीबसबाट ४७ बोतल डायलक्स र कटारीबाट काठमाडौँ जाँदै गरेको बा५ख १९६८ नं को हाइसबाट १०० बोतल डायलक्स र ६०० चक्की नाइट्रोभेट बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

लागुऔषधसँगै सिरहाको विष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय अमरकुमार शर्मा (ठाकुर)लाई पक्राउ गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । त्यसैगरी जाँचका क्रममा भन्सार छलेर ल्याइएको रजनीगन्धा, गुट्खा र परागसहित तीन बोरा सूर्तीजन्य वस्तु पनि प्रहरीले बरामद गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ