arrow

पूर्व राजा हेर्न पोखरामा घुइँचो

logo
प्रकाशित २०७५ पुष २ सोमबार
gyanendra2.jpg

काठमाडौं ।  पूर्व राजा ज्ञानेन्द्र शाहलाई हेर्न स्थानीयको घुइँचो लागेको छ ।  पूर्वराजा  सोमबार पोखरा पुगेका हुन् । पूर्वराजा, पूर्वरानी कोलमसहित बिहान बुद्ध एयरको फ्लाइटमा पोखरा पुगे । उनको बिहान ११:३० बजे पोखरा विमानस्थलमा भब्य स्वागत गर्ने  तयारी भएपनि केहि समय ढिलो पुगेका थिए ।

 पोखरा पुगेका पूर्व राजालाई स्वागत गर्न सर्मथकहरुको ठुलो भिड लागेको थियो ।  पूर्व निर्धारित समय भन्दा केही ढिला आएका उनी पोखरा बिमानस्थलमा पत्रकार, हिन्दु धर्म सर्मथक, राजसंस्थाको पक्षमा वकालत गर्नेहरु, राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरु साथै सर्वसाधरणहरुको ठूलो घुइँचो थियो ।

बिशिष्ट कक्षबाट निस्केपछि पूर्वराजालाई अभिनन्दन गर्न, फूल दिन, माला लगाउन लाईनमा बसेकाहरु माला चुडाएर फूल मात्र माथिबाट बर्साएका थिए ।

पूर्वराजाको स्वागत र व्यवस्थापनका लागि समाजसेवी एवं वरिष्ठ पत्रकार केसव भण्डारीको संयोजकत्वमा ५५१ सदस्यीय समिति बनाइएको थियो ।

समितिमा बीपी कांग्रेस, तीन वटै राप्रपा र शिव सेना लगायतको सहभागीता रहेको थियो । संयोजक भण्डारीले पूर्वराजाको भब्यतापूर्वक स्वागत गर्न सफल भएको बताएका छन् ।

निजी भ्रमणका लागि पोखरा जाँदै गएर पूर्वराजाले धार्मिक स्थल भ्रमण गर्नुका साथै विभिन्न दलका नेता, कार्यकर्ता, राजावादीहरुसंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव डा फणिराज पाठकले जानकारी दिएका छन् ।

पाठकले पूर्ण कार्यक्रम तय भइनसकेको भए पनि पोखरामा बसाइ राम्रो हुने दावी गरे । पूर्वराजपरिवारले अंग्रेजी नयाँ वर्ष भब्यतापूर्वक मनाउने समेत बुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ