केन्द्रको अधिबेशन स्थगन गर्ने परिपत्रको अवज्ञा गर्दै सञ्चारिका समूह गण्डकी प्रदेशमा एकलौटी
प्रकाशित २०७५ पुष ३ मंगलबार
334
Shares
पोखरा । सञ्चारिका समूह केन्द्रले अधिबेशन स्थगन गर्न परिपत्र गरे पनि त्यसको अवज्ञा गर्दै सञ्चारिक समूह गण्डकी प्रदेशमा एकलौटी नेतृत्व चयन भएको छ। सक्रिय महिला पत्रकारहरुलाई वाहिरै राखेर केन्द्रको पत्रको अवज्ञा गर्दै एकलौटी कार्यसमिति बिस्तार गरिएको भन्दै सञ्चारिका समूहका सदस्यहरु रुष्ट भएका छन् ।
कार्यसमितिमै नरहेकी स्मिता अधिकारीलाई अध्यक्ष बनाइएको छ। अधिकारी कार्यसमितिमा सदस्य समेत थिईनन् ।
केन्द्रले अधिबेशन रोक्न निर्देशन दिए पनि एकलौटी अधिबेशन गरेको भन्दै सक्रिय महिला पत्रकारहरु आन्दोलित भएका छन्। उनीहरुले केन्द्रको नियम र नितीको अवहेलना गरेको भन्दै विज्ञप्ती निकाल्दै बिरोध जनाएका छन्।
‘अधिवेशन स्थगित गरिएको पत्र प्रदेश संयोजकलाई तोकी संचारिका समूहको विधान दफा १२ को उपदफा ७ (घ) बमोजिम प्रदेश समितिको अधिवेशन हाललाई स्थगीत गरिएको जानकारी गराउँछु भनी केन्द्रीय अध्यक्ष नितु पण्डितद्धारा हस्ताक्षरित निर्देशनात्मक पत्रलाई लत्याई गठन गरिएको कार्यसमिति बैधानिक हुनै नसक्ने हाम्रो निष्कर्ष छ ,’ असन्तुष्टहरुको विज्ञप्तीमा भनिएको छ ।
गण्डकी प्रदेश समिति भनिएपनि कास्की बाहेक अन्य जिल्लाका पत्रकारहरुको प्रतिनिधित्व छैन। सदस्यता वितरण तथा निर्वाचन कमिटी नै बैधानिक नभएकोले पुनः केन्द्रीय विधान अनुसार केन्द्रकै समन्वयमा पुनः निर्वाचनको प्रक्रिया अघि बढाउन माग गरिएको छ ।