arrow

महासमिति बैठकमा यस्तो धारणा राखे ऋषिकेशजंग शाहले ?

logo
प्रकाशित २०७५ पुष ३ मंगलबार
rishikeshjung-shah.jpg

काठमाडौं । नेपाली काँग्रेसको महासमिति बैठक जारी रहँदा महासमिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । काँग्रेसलाई आगामी दिशा दिन महत्वपूर्ण लाग्ने ती धारणाका लागि महासमिति सदस्यहरुले निकै मेहनत गरेका छन् । 

सोही क्रममा महासमिति सदस्य ऋषिकेशजंग शाहले पनि आफ्नो धारणा राखेका छन् । यस्तो छ उनको धारणा जस्ताको त्यस्तै –

महासमितिको बैठकमा मैले राखेको धारणाहरू– 

महासमिति बैठकका सभापति एब पार्टी सभापति समआदरणीय नेता शेरबहादुर देऊवा ज्यू , बरिस्ठ नेता आदरणीय रामचन्द्र पौडेल ज्यू , पार्टिका आदरणीय पदाधिकारी एबम केन्द्रीय सदस्य ज्यूहरू, सम्पूर्ण महासमितिका सदस्य ज्यूहरू – सल्यान ज़िल्ला र कर्णाली प्रदेशको तर्फबाट हार्दिक जय नेपाल –

 बैठकमा धेरै सवालहरू आएका छन तर मूल सवाल भनेको १ बर्ष अगाडिको निर्बाचनमा कांग्रेस १५ लाख मतले पछाड़ी पर्यो । ४ बर्ष पछि आऊने निर्बाचनमा २५ लाख नया मतदाता आऊदै छन । यी दुबैमा कांग्रेस अगाडि आऊँन कम्तिमा २५ लाख मत हामिले थप्नु पर्छ । यो महासमितिको ध्यान त्यसमा जानु पर्छ ।

१,आर्थिक प्रस्तावमा – 

अब नेपाली कांग्रेसको सम्पूर्ण ध्यान देशको बिकाश र जनताको समृद्धिमा जानु पर्छ । सानो कुरा छ । देशको ग्रामीण दूरदराज़मा जनता साँझ बिहानको छाक टार्ने समस्यामा छन ऊनीहरूको त्यो समस्या समाधान गर्न नेपाली कांग्रेसले पार्टी तथा आफ्ना शुभेच्छुक समर्थकबाट सहयोगको लागी अपील गरेर एक कोष निर्माण गरी सिपमूलक तालीमहरू संचालन गर्नु पर्छ १ कतीपय कांग्रेसजन र शुभेच्छुकहरू यसमा स्वयंसेबक प्रशिक्षकको रुपमा समेत सामेल हुने छन् । 

२, संगठन सम्बन्धी प्रस्तावमा – 

कांग्रेसले आगामी निर्बाचनबाट आफनै बहुमतको सरकार बनाउने हो भने भने सम्पूर्ण भात्री संस्थाहरूलाई ज़िम्मेवारी दीएर कामको मूल्याँकन र अनुगमन गर्नु पर्छ ।  

क, नेपाल किसान संघ – 

नेपालमा अहिले पनि ६५५ मानिस कृषि पेशमा संलग्न छन् । हरेक बर्ष ७ खर्ब भन्दा बढ़ीको खाद्यान्न नेपालले किनेर खाने गरेको छ । देशको कृषिलाई आधुनिक र व्यवसायीक बनाउन, कृषकका समस्या र आवश्यकता उजागर गर्नु पर्ने किसान संघ १४ बर्ष देखी सूतीरहेको छ । यसलाई जगाउनु पर्यो र परिचालन गर्नु पर्यो । किसान संघले कम्तिमा ५ लाख नया मतदाता कांग्रेसमा जोड़नु पर्छ । 

ख, नेपाल महिला संघ – 
 आधा आकाश ओगटेको महिला संघको ज़िम्मेवारी के के हो ? महिलाहरूका समस्या र आवश्यकतामा के कती काम गरीरहेको छ । महिला संघलाई कती नया मतदाता थप्ने ज़िम्मेवारी दीने महासमितिमा छलफल होस् ।  
 
ग, नेपाल तरुण दल – 
 तरुण दल नेपाली कांग्रेसको मेरुदण्ड हो । देशभर क़ुना काप्चा सम्म विकृति विसंगति, अन्याय अत्याचार र भ्रस्टाचार र अनियमित्ता भईरहेका छन्  । राज्यले दीने सेवा सुविधामा भेदभाब भई रहेको छ , तरुण दललाई त्यसमा परिचालन गरौं । 

घ, नेपाल दलित संघ , आदिवासी जनजाति , मगर संघ , मुस्लिम संघ जस्ता भात्री संस्था किन गठन गरीएको हो ? यिनको औचित्य लाई पुस्टी गरौ र निश्चित ज़िम्मेवारी दीएर परिचालन गरौ । 

ङ, नेपाल सांस्कृतिक संघ – 

पार्टीको लागी अर्कों अत्यन्त महत्वपूर्ण भात्री संस्था हो सांस्कृतिक संघ । देशभरका विभिन्न समुदायका संस्कृतिको संरक्षण गर्दै देशभर प्रदर्शन गर्दा जनताको ठुलो संख्यालाई यसले प्रभावित गर्न सक्छ । नेपाली कांग्रेसले देशमा गरेको योगदान , कांग्रेसका बिचार र कांग्रेसका योजना देशभर सांस्कृतिक संघ मार्फ़त जनताको बीचमा लैजान सकींछ । आर्थिक प्रस्तावमा संयोजक पार्टीका सहमहामन्त्री  डा प्रकाशशरण महत ज्यू ले नेपाली कांग्रेसले आफ्ना काम र योगदानको प्रचार गर्न नसकेको , प्रचार संयन्त्र राम्रो बनाउँदै विज्ञापनमा लगानी गर्नु पर्ने बताऊनु भएको छ । यो सांस्कृतिक संघलाई पनि कांग्रेसले आफ्नो एक बलियों प्रचार संयन्त्रको रूपमा बिकाश गर्न आवश्यक छ । 

च – ने बि संघ – 

ने बि संघ पार्टिको सबै भन्दा महत्वपूर्ण भात्री संस्था हो । नेपाली कांग्रेसका लागी नया सदस्य थप्ने संगठन यही हो । ने बि संघ एक्लैले १० लाख नयाँ मतदाता थप्ने ज़िम्मेवारी लिनु पर्छ । ने बि संघ त्यतातीर उन्मुख छ की छैन महासमिति बैठकले छलफल गर्नु पर्छ । 

३, बिधान सम्बन्धमा  
 २०४६ सालको परिवर्तन पछि बारम्बार अवसर प्राप्त गरेका र हालीमूहाली गरेका नेताहरूको मात्र व्यवस्थापनको बारेमा रस्साकस्सी चलीरहेको छ १  बि पी क़ोईरालाले संकेत गरेका “ सुकीला मुक़िलाको तस्वीर हाम्रा नेताहरूमा देखिने बेला भयो “ आफ्नो बारेमा मात्र सोच्ने ? २०४६ को परिवर्तन पछि ने बि संघमा लागेर जागीर व्यापार केहि नगरी देश र पार्टी भनेर समर्पित हजारौ युवाहरू भूमिका बिहीन छन तीनको व्यवस्थापन बारे बिधानले बोल्ने की नबोल्ने ? ति सम्पूर्ण युवाहरूको योग्यता र क्षमतालाई पार्टी देश र समाजको पक्षमा सदुपयोग गर्ने बारेमा यो महासमिति बैठकले निर्णय गर्नु पर्छ । धन्यवाद । जय नेपाल ।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ