arrow

संयुक्त कर्मचारी संगठन घोषित आन्दोलनका कार्यक्रमबाट पछि नहट्ने

logo
प्रकाश मैनाली,
प्रकाशित २०७५ पुष ३ मंगलबार
karmachari-birod.jpg

सलाही ।  संयुक्त कर्मचारी संगठनले घोषित आन्दोलनका कायक्रम जारी राखेका छन ।   नेपाल सरकारबाट २०७५ मंसिर २३ गते जारी भएको कर्मचारी समायोजन अध्यादेश  मार्फत पेशागत स्थायित्व र कर्मचारी समायोजनका लागि सवै सेवा विच समान व्यवहार नभएको भन्दै स्थानीय तह संयुक्त कर्मचारी संघ संगठन सर्लाहीसहीत देशैभर आनदोलनमा उत्रेका हुन ।

उनिहरुले स्थानीय तहमा अविछिन्न रुपमा कार्यरत कर्मचारीलाई सम्मानित सर्वोच्च अदालतको २०७४ पौष २१ गतेको फैसला आदेशको कार्यान्वनको व्यवस्था हुनुपर्ने,कर्मचारी अध्यादेश २०७५ को दफा ७ उप दफा (४) वमोजिम  स्थानीय सेवामा समायोजन हुने सवै कर्मचारीलाई समान व्यवहार गर्न साविक स्थानीय निकायका कर्मचारीको समकक्षता निर्धारण गरीनुपर्ने माग राखेका छन् । 

त्यस्तै उनिहरुले श्रेणी विहीन कर्मचारीलाई २ ग्रेड थप गर्नुपर्ने, ५ वर्ष पुरा भएका सहायक पाचौ तहलाई अधिकृत छैठो तह दिनुपर्ने, ५ वर्ष सेवा अवधि पुरा नभएका अधिकृत स्तर छैठो तहलाई सातौ तहमा वढुवा गर्नुपर्ने, ५ वर्ष सेवा अवधि पुरा भएका अधिकृत स्तर छैठो  तहलाई आठौ तहमा बढुवा गर्नुपर्ने लगायतको विभिन्न मागहरु राख्दै सांकेतिक विरोध स्वरुप देशभरका स्थानीय तहमा कामकाज बन्द गरी कार्यालय परिषरमै धर्ना वस्ने, पौष ३ गते विहान १० बजे देखी १२ बजे सम्म सवै स्थानीय तहका कार्यालयहरुमा कालो पटी बाधी कामकाज ठप्प पारेका छन्न ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ