arrow

खोटो संकलन डिपोमा आगलागी, दमकल ढिलो पुग्दा लाखौको क्षती

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ पुष ३ मंगलबार
aagalagi_bajhang_(1).jpg

बझाङ।  खोटो संकलन गरी राखिएको डिपोमा  आगलागी हुदा लाखौको क्षती भएको छ । दिब्या रोजीना कम्पनीले जयपृथ्वी नगरपालीकाको भोपुर बजार नजीकै खोटो संकलन गरी राखेको डिपोमा आगलागी हुदा लाखौको क्षती भएको हो ।
 
मंगलबार दिउसो एक्कसी आगलागी हुदा जिल्लाका बिभिन्न सामुदायिक बनबाट संकलन गरि राखिएको खोटोका टिनका डब्बाहरु जलेर नष्ट भएका छन् भने आगलागीबाट नजीकै रहेका कुखुरा फार्म र अन्य टिनका टहरामा समेत क्षती भएको छ ।

आगलागी के कति कारणले भएको हो र कस्ले आगो लगाएको हो भन्ने बारे केही पनी जानकारी नभएको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक प्रबिण धितालले जानकारी दिए । उनले भने “आगलागी के कति कारणले कसले लगाएको हो भन्ने बारे खुल्न सकेको छैन् , यसका बारेमा थप अनुसन्धान भई रहेको छ” ।

दिब्या रोजिना कम्पनीका खोटो खंकलन डिपो ईन्चार्ज गोरख बहादुर खातीले भने “आफु सिमखेत स्थित कार्यालयमा बसि रहेको थिए एक्कासी आगलागी भएको खबर पाए पछि यहाँ आएर प्रहरी दमकल लाई खबर गरेको थिए”। खातीका अनुसार जिल्लाका चार वटा सामुदायिक बनबाट संकलन गरिएका झण्डै १६ सय टिनका डब्बाहरु जलेर नष्ट भएको छ भने झण्डै १६ लाख बराबरको क्षती भएको बताए  ।

यस अघि सिमखेतमा एउटा घर भाडामा लिएर संकलन डिपो राखेका थियो भने केही समय अगाडी मात्र सिमखेतमा संकलन डिपो राखिएको थियो ।   खोटो संकलन गरी राखेको ठाँउमा एक्कासी आगो  लागेको देखेपछी स्थानीय बासिन्दाहरुले दमकलका लागी खबर गर्दा पनी दमकल चाकल नजीक नभएका र दमकल समेत चिसोका कारण नचलेपछि थप समस्या भएको थियो ।

आगलागी भएको ४० मिटेनपछि मात्रै घटना स्थलमा दमकल पुगेको स्थानीय बासिन्दाले बताएका छन् । तीन घण्टा पछिको अथक प्रयास पछि नेपाली सेना , सशस्त्र प्रहरी , नेपाल प्रहरी लगायत स्थानियबासीहरुले आगो लाई नियन्त्रणमा लिएका थिए ।  आगो लागेको थाहाा पाँउने बित्तिकै घटना स्थलमा प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, शशत्र प्रहरीका प्रमुख प्रहरी नायब उपरिक्षक नेपाली सेनाका प्रमुख लगायतको समेत उपस्थित रहेको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ