arrow

दुई वर्षदेखि खोरमा थुनिएकी रमिलाले पाइन् मुक्ति

उपचारका गाउँपालिकाको आर्थिक सहयोग

logo
प्रकाशित २०७५ पुष ३ मंगलबार
ramila-khor.jpg

खोटाङ । दुई वर्षदेखि पशुजस्तै गरी खोरको बास । काठ र फलामे जाली लगाएर खोर बनाउने पनि आफन्त र गाउँले । घामपानी, हावा, जाडो, गर्मी सबै उनले त्यही खोरभित्रै सहनु र्पयो । सायद आफ्नो कर्मलाई धिकार्दै र आफन्तलाई गाली गर्दै, रुँदै, कराउँदै बित्यो त्यो दुई वर्ष ।

हो, मानसिक सन्तुलन गुमाएपछि खोटाङको छितापोखरीकी ३३ वर्षीया रमिला तामाङले दुई वर्षसम्म खोरमा थुनिएपछि अन्ततः जीवनको नयाँ अध्याय प्रारम्भ गर्ने भएकी छिन् ।रमिलालाई दिप्रुङ चुइचुमा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्दार गरी उपचारमा पठाएका छन् । मानसिक सन्तुलन गुमाएकी रमिलालाई मंगलबार खर्चसहित गाउँपालिकाको रोहबरमा उपचारका लागि काठमाडौँ लगिएको छ । यसअघि रमिलालाई उपचारका लागि धरान लगिएपनि उपचार हुन नसकेपछि छितापोखरीका स्थानीयले उनलाई खोर बनाएर थुनेका थिए ।

३३ वर्षीया रमिलालाई चारैतिर जालीले घेरेर काठको खोरमा थुनिएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मंगलबार गाउँपालिका अध्यक्ष राई प्रहरी र सञ्चारकर्मीसहित उद्दारमा पुगेका थिए ।

मानसिक सन्तुलन गुमाएपछि रमिलाले गाउँमा बद्मासी गर्न थालेकाले थुनिएको स्थानीयले अध्यक्ष राईलाई बताएका छन् । उनका श्रीमान् गाउँमै कृषि पेशा गरिरहेका छन् । उनका एक छोरी र एक छोरा छन् ।

उपचारका लागि राजधानी लैजान आर्थिक सहयोग
मानसिक सन्तुलन गुमाएकी छितापोखरीकी रमिला तामाङलाई उपचारका लागि दश हजार आर्थिक सहयोग गरिएको छ । मंगलबार बिहान गाउँपालिका प्रमुख भुपेन्द्र राईको नेतृत्वमा उद्धारगरी थप उपचार गराउन राजधानी लैजानका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको हो । उद्धार पश्चात परिवारसहित उनी दिक्तेलमा आईपुगेका छन् । बुधबार (भोली) उनलाई उपचार गराउन राजधानी लगिने भएको छ । उपचारमा लाग्ने खर्च व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्ने बताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ