arrow

हिसान र प्याब्सनका पदाधिकारीलाई राष्ट्रपतिको यस्तो सुझाव

logo
प्रकाशित २०७५ पुष ४ बुधबार
Bidhya-Bhandari-naya-news.jpg.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले निजी क्षेत्रमा कार्यरत तीन शैक्षिक संस्थाका नेतृत्वसित वर्तमान शिक्षासित सम्बन्धि समसामयिक विषयमा छलफल गरेकी छन् ।
 
राष्ट्रपति भवन, शीतलनिवासमा बुधबार भएको छलफलमा माध्यमिक विद्यालय सङ्घ (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन(एन प्याब्सन)का उच्च नेतृत्व सहभागी थिए  । सो अवसरमा ती संस्थाका नेतृत्वले सरकारद्वारा गठित उच्चस्तरीय शिक्षा आयोगमा आआफ्नो निकायको उचित प्रतिनिधित्व नभएको तर्फ राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रपतिले भण्डारीले मुलकको शैक्षिक उन्नयनका लागि निजी क्षेत्रको भूमिका अहं भएकाले आगामी दिनमा सरकारले निजी क्षेत्रसित सहकार्य गर्दै अगाडि बढ्नुपर्ने विचार राख्नुभएको छलफलमा सहभागी हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिए । “सार्वजानिक र निजी क्षेत्रको सहकार्यबाट मात्र शैक्षिक उन्नयन हुन्छ । यस कुरालाई सरकारले ध्यान दिनुपर्छ ”, उनले भने ।
 
छलफलमा सहभागी एनप्साब्सनका पूर्वअध्यक्ष गीता राणाले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताइन् । हिसानका पूर्वअध्यक्ष उमेश श्रेष्ठले सार्वजनिक शिक्षामा लगानीअनुरुप प्रतिफल किन आएन भन्ने विषयमा गहन अध्ययन गरेर मात्र निजी क्षेत्र शैक्षिक संस्थासित तुलना गर्न आवश्यक छ भने । प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुङ्गानाले शैक्षिक उन्नयनमा निजी क्षेत्रको भूमिका अहं रहेको विषयमा राष्ट्रपतिसित छलफल भएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ