arrow

महासमिति बैठकमा हरिबोलले उठाए एनआरएनको अधिकारको मुद्दा 

logo
प्रकाशित २०७५ पुष ४ बुधबार
bhandari_babu.jpg

काठमाडौं । काठमाडौंमा जारी काँग्रेस महासमिति बैठकमा गैरआवासीय नेपाली नागरिकहरुको अधिकारबारे आवाज उठेको छ । अहिले गैरआवाशीय नेपालीहरुले नेपालमा नागरिकता पाउने प्रावधान आईसकेको छ । तर, त्यसमा केही अधिकारहरु कटौती गरेर ल्याईएको भन्दै त्यस्ता विषयहरुलाई पुनः बैधानिकता दिनु पर्ने माग उठेको हो । 

एनआरएनका सल्लाहकार समेत रहेका महासमिति सदस्य हरिबोल भण्डारीले एनआरएनहरुलाई पहिले दिईएको अधिकार पुनः स्थापित गर्न माग गरे । उनले केही अधिकारहरु कटौती गर्दै नेपाली काँग्रेसकै पालामा आएको गैरआवाशीयलाई नागरिकताको व्यवस्था स्वागतयोग्य रहेको भन्दै कटौती भएका अधिकार पुनः स्थापित गर्न माग गरेका हुन् । 

अन्य अधिकारहरु दिईएको भएपनि अहिले एनआरएनलाई राजनीतिक अधिकार दिईएको छैन । तर, महासमितिमा बोल्दै भण्डारीले एनआरएनहरुलाई राजनीतिक अधिकारका लागि समेत पहल गरिदिन आग्रह गरेको हो । ती कटाईएका अधिकारहरु सहित गैर आवाशीय नागरिकहरुको व्यवस्था गर्नुपर्ने माग पनि उनले गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ