arrow

देशभरका तीन सय पत्रकार विराटनगरमा, हकहितको योजना बन्दै

logo
प्रकाशित २०७५ पुष ५ बिहिबार
patrakar-mahasangh-bhela.jpg

विराटनगर । नेपाल पत्रकार महासंघसंग आवद्ध तीन सय पत्रकारहरु विराटनगरमा भेला भएका छन् । महासंघको राष्ट्रिय भेलाका लागि पत्रकारहरु भेला भएका हुन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री एवं पूर्व संचारमन्त्री शेरधन राईले भेलाको उद्घाटन गरेका छन् । 

भेलामा केन्द्रीय समितिसंगसंगै हरेक जिल्ला, प्रदेश, प्रतिष्ठान लगायतका अध्यक्षहरु उपस्थित छन् । 
भेलामा पत्रकार महासंघको प्रेस स्वतन्त्रताबारेको रणनीतिक समीक्षा हुने केन्द्रीय महासचिव रमेश विष्टले हाम्राकुरालाई बताए । भएको रणनीतिलाई भेलाले अध्यावधिक गर्नेछ ।

त्यसैगरी संगठन एवं विधानको सुझाव संकलन तथा कानुन निर्माणका क्रममा प्रेस स्वतन्त्रताबारे भएका निर्णयहरुलाई कसरी अगाडि बढाउने भन्नेबारेसमेत गम्भीर छलफल हुने महासचिव विष्टले बताए । 

भेलामा प्रत्यक्ष निर्वाचनमा जाने सम्वन्धमा समेत छलफल हुने बताइएको छ । भेलामा पत्रकारहरुको हकहित संगै न्यूनतम पारिश्रमिक बारेसमेत चर्को बहस हुने बुझिएको छ । 

भेलाले विराटनगर घोषणापत्र जारी गर्नेछ । 

यो भेला सकिए लगत्तै धनकुटामा शुक्रबार र शनिबार दुई दिन केन्द्रीय समिति बैठक बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ