arrow

'जसको जति छ आवादी, उसको उत्ति हिस्सेदारी’

logo
प्रकाशित २०७५ पुष ५ बिहिबार
yadhav3.jpg

सिरहा | नेपाली कांग्रेस सिरहाका महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले जसको जति छ अवादी, उसको उति हेस्सेदारी हुनुपर्ने काठमाण्डौँ जारी महासमिति बैठकमा बताएका छन् । उनले आफ्नो धारण राख्ने क्रममा देशमा शान्ति, विकास र समृद्धिका लागि सबैको बराबरी अधिकारको सुनिश्चितता जरुरी रहेको बताएका हुन् । जसले गर्दा देश अगाडी बढ्ने उनले बताए ।

‘देशमा समानता हुनुपर्छ, त्यो नेपाली कांग्रेसले पनि स्वीकार गरिसकेको छ,’ उनले भने,‘जब सम्म सबैको भावना, अधिकारको सुनिश्चितता हुन सक्दैन, जब सम्म सबै समुदायको प्रतिनिधित्व हुन सक्दैन् । तब सम्म पार्टी पनि बन्दैन् र देशमा विकास पनि हुन सक्दैन् ।’ हामी महासमितिमा नेता मिलाउन आएको होइन् । अहिले देश र पार्टी मिल्नु जरुरी छ । पार्टीमा समावेशी, समानुपातिक प्रतिनिधित्व हुन जरुरी रहेको उनले आफ्नो धारणा व्यक्त गरेका छन् ।

धर्म नाममा कांग्रेस अल्झिने नहुने उनले बताए । ‘देश धर्म निरपेक्ष भइसकेको छ, एउटै धर्म पार्टीलाई उभ्याए भने अरु धर्मालम्बीलाई असर पर्छ,’ डा. यादवले आफ्नो धारणा राख्ने क्रममा भने,‘संविधान अनुसार सबै धर्मलाई सम्मान गर्दै जानुपर्छ ।’  

स्थानीय, प्रदेश र संघिय निर्वाचन पश्चात, पार्टीको हारका कारण कार्यकर्ताहरु उत्साह र उर्जाहिन भएका छन् पार्टी संगठनमा विचलन आएको छ । पार्टी हार्नुको सबै कारणहरु को बारेमा समिक्षा हुनु पर्ने देखिएको डा. यादवले सांगाठनिक प्रतिवेदनमाथि सुझाव राख्दै यस्तो बताए ।

पार्टीको हरेक तहमा (महिला, मुस्लिम, मधेशी, खस, आर्य, दलित, आदिवासी, जनजाति, थारु) समुदायको त्यस तहको जनसंख्याको अनुपातमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने उनको धारणा थियो । विधानमै एक पटक आरक्षित सिटमा सुविधाप्राप्त गरेका व्यक्तिहरुले पटक पटक सो सुविधा नपाउने व्यवस्थागर्ने गर्नुपर्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ