arrow

जमिनमुनि शिर गाडेर बस्नसक्छ यो आखाँ नदेख्ने प्राणी, ट्रम्पको नामबाट राखिनेछ नाम

logo
प्रकाशित २०७५ पुष ५ बिहिबार
EnviroBuild.jpg

काठमाडौं । पानामा एक नयाँ उभयचर प्राणी फेला परेको छ । जसको नाम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नामबाट राखिनेछ । जलवायु परिवर्तनमा ट्रम्पको नीतिलाई यस किसिमको नाम राखिन लागिएको हो ।

कुनै खुट्टा नभएको र दृष्टि राम्रो नभएको यो प्राणीको नाम डरमोफिस डोनाल्डट्रम्पी राखिनेछ । बेलायती कम्पनीले अझै पनि नामको विषयमा थप छलफल बाँकी रहेको बताइएको छ । यसअघि पनि ट्रम्पको नाममा विभिन्न प्राणीहरुको नाम राखिसकिएको छ ।

निकै सानो यो प्राणी अन्धो छ र आफ्नो शिर जमिनमुनि राखे बाँच्नसक्छ । वैज्ञानिकहरुले यो गुण अमेरिकी नेताको जलवायु परिवर्तनको विचारसँग मिल्ने किसिमको रहेको कारण ट्रम्पको नाम यसका लागि उचित रहने बताइएको हो ।

यो प्राणीको नाम बेलायती कन्स्ट्रक्सन कम्पनीका प्रमुख एडन बेलले राखेका हुन् । उनले नाम राख्ने अधिकार पाउनका लागि ३४ हजार ४ सय ७८ डलर खर्च गरेका थिए । गत वर्ष ट्रम्पले जलवायु सम्झौताबाट अमेरिका बाहिर रहने निर्णय गरेका थिए । जसमा विश्वका विभिन्न मुलुकहरुले प्रतिबद्धता जनाएका छन् ।

डरमोफिस डोनाल्डट्रम्पीको लम्बाई १० सेन्टिमिटर रहेको छ । जसलाई हालै वैज्ञानिकहरुको एक समुहले पानामामा फेला पारेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ