arrow

१० बर्षीया बालिका करणीपछि हत्या गर्ने पौडेललाई जन्मकैद

logo
प्रकाशित २०७५ पुष ५ बिहिबार
prisoner-jail.jpg

पोखरा । पोखरा पुम्दीभुम्दीकी १० बर्षीया श्रीया बिकको बलत्कारपछि हत्या गरेका छिमेकी कुशुम पौडेललाई जिल्ला अदालत कास्कीले जन्म कैदको फैसला सुनाएको छ । मुलुकी संहिता २०७५ पछि यो फैसला भएको यो घटना नेपालको पहिलो जन्मकैद फैसला हो ।
 
गत असोज महिनामा १० बर्षीया श्रीया बिकको गते हत्या भएको थियो । घटनाको २४ घन्टा नबित्दै स्थानीय छिमेकी कुशुम पौडेललाई उनकै घरबाट पक्राउ गर्न प्रहरी सफल भएको थियो । बलात्कार प्रयास गर्दा बालिकाले प्रतिकार गरेपछि घाँटी थिचेर बेहोस बनाएको र बेहोस अवस्थामै उनको यौनाङ्गमा औला हालेको पछि टाउकोमा ढुंगाले प्रहार गरेर हत्या गरेको उनले स्वीकार गरेका थिए ।

मुलुकी अपराधसंहिता २०७४ को दफा ४१ मा ६ किसिमका कसूरमा कसुरदार जीवित रहेसम्म कैद सजाय गर्ने व्यवस्था गरिएको छ । जसमा बलात्कारपछि हत्याको कसूर पनि उल्लेख छ । महान्यायाधिवक्ताको कार्यालयका अनुसार नयाँ मुलुकी संहिता लागू भएपछि आजीवन कैदको माग गर्दै अरु पनि केही मुद्दा दर्ता भएका छन् । तर, अदालतबाटै आदेश आएको यो यो पहिलो भएको प्रवक्ता संजीवराज रेग्मीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ