arrow

व्यावसायिक जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक : प्रधानमन्त्री

logo
प्रकाशित २०७५ पुष ५ बिहिबार
kp-sharma-oli.jpg

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको नेपाली शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा जस्तै बनेको बताएका छन् ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा प्रधानमन्त्री ओलीले शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको बताए । उनले भने, “कुन क्षेत्रमा कस्तो खालेको जनशक्तिको आवश्यकता हो, सोही अनुसार नै विद्यालयले विद्यार्थी भर्ना गर्नुपर्छ ।” विकसित देशको शिक्षा र पिछडिएको देशको शिक्षा जहिले पनि फरक रहने उनि बताउछन् ।

उक्त आयोग शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत असार ३२ गते गठन भएको थियो । बैठकमा मन्त्री पोखरेलले उच्चस्तरीय आयोगले नेपालको शिक्षाको दीर्घकालीन योजना तय गर्ने बताए । सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निजी क्षेत्रले शिक्षालाई सेवा नभई पेशाका रुपमा लिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ