arrow

विपि कांग्रेसले शशांकलाई सदस्यता दिने

logo
प्रकाशित २०७५ पुष ५ बिहिबार
bp_congres1.jpg

दाङ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाई विपि कांग्रेसले सदस्यता दिने बताएको छ । दाङमा एक कार्यक्रमका बिच विपि कांग्रेसले सो घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा विपि कांग्रेसका केन्द्रीय सदस्य माधव प्रसाद शर्माले भने  'विपि पुत्र  शशांक कोइरालालाई  सदस्यता दिने तयारी भैरहेको छ ।  देशब्यापि जनजागरण र गाउँ ,शहर केन्द्रीत कार्यक्रम हरु ल्याउन अन्य राजनीतिक दलमा आस्था राख्ने नेता कार्यकर्तालाई समेत सदस्यता दिनेछौ ।'

सो कार्यक्रममा विपि कांग्रेस नेताहरुले  राष्ट्रियता कांग्रेसले भुलेकै कारण देशमा विपि कांग्रेसको उदय भएको नेताहरूले बताएका छन । देशमा सिमाना मिचिन थाल्दा समेत कांग्रेस चुप लाग्ने, बिदेशी सेनाहरु परेट खेल्न थाल्दा पनि कांग्रेसले आवाज उठाउ नसकेको आरोप समेत लगाएका छन । पत्रकार सम्मेलनमा जिल्ला सयोजक दिपक धितालले पार्टीलाई नाता गोता भाइ भतिजा ,चेला साला सालि हरुको कमाई खाने थलो बनाएको भन्दै कडा रुपमा बिरोध गर्न विपि कांग्रेसले अभियान थाल्ने बताए ।

अध्यक्ष धितालले पत्रकार सम्मेलनमा अप्ठ्यारो अबस्थामा  कांग्रेसको आडमा राजनीति फाइदा उठाउने र निर्वाचनको समयमा घात अन्तर्घात गर्ने अबसरबादिहरुले नै कांग्रेस कार्यकर्तामा निराशा उत्पन्न गराएदिएको भन्दै यावत कारणले आफुहरुले विपिको सिद्धान्त अनुरुप अगाडि बढन नयाँ शक्तिको स्थापना गरेको प्रस्ट पारेका छन ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस विपिका केन्द्रीय सदस्य माधव प्रसाद शर्माले नयाँ उदेश्यका साथ जनताको साथमा उभिएको विपि कांग्रेसको भबिष्य राम्रो रहेको भन्दै सबैलाई यश अभियानमा सहभागी हुनुपर्ने बताए । उनले विपिको बाटोमा लाग्नेहरुले कहिले पनि गलत काम र जनतालाई धोका दिन नसक्ने भन्दै बर्तमान कांग्रेसका नेताहरुले देश र जनाताप्रती घात  गरेको उल्लेख गर्दै भने 'राष्ट्रियता समाजबाद र प्रजातन्त्रको मुल्य र मान्यताहरुलाई दाउमा लगाउनेहरुसंग कहिल्यै पनि सहकार्य हुन सक्दैन ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ