arrow

ट्रम्पलाई छाड्नेमा रक्षामन्त्री म्याटिस पनि, दिए राजीनामा 

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
jim-mattis.jpg

काठमाडौं । विश्वकै शक्तिशाली मानिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नैले साथ दिन छाडेका छन् । ट्रम्प प्रशासनलाई बाइबाइ गर्नेमा रक्षामन्त्री जिम म्याटिस पनि सामेल भएका छन् । उनले बिहीबार राति राजीनामा दिएका छन् ।  

म्याटिस आगामी फेब्रुअरीबाट सेवानिवृत्त हुने छन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत म्याटिसले राजीनामा दिएको जानकारी गराएका छन् । 

ट्रम्पले म्याटिसले दिएको योगदानको प्रशंसासमेत गरेका छन् । उनले छिट्टै नयाँ रक्षामन्त्री नियुक्त गर्ने घोषणा पनि गरेका छन् ।

सिरियालगायत मध्यपूर्वमा तैनाथ अमेरिकी सेना फिर्ता बोलाउने राष्ट्रपति ट्रम्पको निर्णयको अर्को दिन नै म्याटिसले पदबाट राजीनामा दिनुलाई भने ट्रम्पका लागि नराम्रो संकेत भएको रुपमा बुझिएको छ । 

ट्रम्पले सिरियामा आईएसविरुद्धको लडाईं समाप्त भएको उद्घोष गर्दै त्यहाँ तैनाथ सम्पूर्ण सेनालाई अमेरिका फर्काउने घोषणा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ