arrow

कांग्रेस विधानमा सहमति नजिक, समावेशी सात सहमहामन्त्री बनाउने तयारी 

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
congress-meeting1.jpeg

काठमाडौं । नेपाली कांग्रेसको विधानमा समावेशीताका आधारमा सात सहमहामन्त्री बनाउने तयारी भएको छ । यसअघि भएको सहमति अनुसार पदाधिकारीमा समावेशी प्रतिनिधित्व नभएको भन्दै केन्द्रीय समितिको बैठकमा असन्तुष्टी व्यक्त भएपछि सात सहमहामन्त्री बनाउने तयारी भएको हो । 


महिला, मधेशी, मुश्लिम, आदिवासी जनजाति, दलित, खसआर्य र अल्पसंख्यक तथा अपाङ्गका तर्फबाट एक एक जना हुनेगरी सहमहामन्त्री बनाउने तयारी भएको एक नेताले जानकारी दिएका छन् । 

उनीहरु सवै जना आआफ्नो समुदायभित्रबाट प्रतिस्पर्धा गरेर निर्वाचित हुने व्यवस्था गर्न लागिएको ती नेताले बताएका छन् । तीनै सहमहामन्त्रीहरु मध्ये एक एक जनालाई एक एक प्रदेशको नेतृत्व गर्नेगरी तोक्ने व्यवस्था गर्ने सभापति शेरबहादुर देउवा पक्षले प्रस्ताव तयार गरेको छ । 

देउवा पक्षले कोषाध्यक्ष र प्रवक्ता बाहेक सवै पदाधिकारी निर्वाचित हुने भएकाले एक एक जना उपसभापति र महामन्त्री मनोनयन सभापतिले गर्न पाउने व्यवस्था गर्न पनि प्रस्ताव गर्ने भएका छन् । 

सभापतिले आफ्नो विश्वास पात्रलाई कार्यबाहक जिम्मेबारी दिनुपर्ने भएकाले कम्तीमा एक जना उपसभापति मनोनयन गर्न पाउने व्यवस्थाका लागि देउवा पक्षले अडान लिन लागेको छ । 

यसअघि सहमति भए अनुसारका दुई–दुई जना उपसभापति र महामन्त्रीमध्ये एक–एक जना निर्वाचित र मनोनित गराउने वा दुई दुई जना निर्वाचित र थप एक जना मनोनित के गराउने भन्ने बारेमा पनि देउवा पक्षले विकल्प दिन लागेको हो । 

देउवा पक्षले तयार पारेको प्रस्तावमा शुक्रबार अहिलेका पदाधिकारीहरुका बीचमा छलफल र संशोधन गराएर सहमति जुटेपछि केन्द्रीय समितिको बैठकमा पेश गरिने भएको छ । 

सहमति जुट्ने निश्चित नभएकाले केन्द्रीय समितिको बैठक अनिश्चित नै रहेको छ भने महासमितिको बैठक पनि अन्यौलमा रहेको छ ।  

गत मंसिर २९ गतेदेखि चलिरहेको बैठक लम्बिदै गएपछि बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामै गर्न लागिएको छ । 

विधान बनाउने मूख्य निकायको रुपमा रहेको महासमितिको बैठक छ दिन बितिसक्दा पनि विधान पेस नभएपछि बैठक लम्बिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ