arrow

कांग्रेसको विधान मस्यौदा महिलामैत्री नभएको भन्दै असन्तुष्टि

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
dila-sangraula.jpg

काठमाडौं । नेपाली काँग्रेसका शिर्ष नेताहरुबीच सहमति भएको भनिएको विधान मस्यौदा समावेसी नभएको भन्दै असन्तुष्टि बढ्दै गएको छ । शिर्ष नेताहरुको सहमति अनुसार बनाइएको विधान मस्यौदा पारित गर्न भन्दै केन्द्रीय समितिको बैठकमा पेस गरिएको विधान मस्यौदा महिलामैत्री नभएको भन्दै विभिन्न समुदायबाट प्रतिनिधित्व गर्ने नेताहरुले असन्तुष्टि जनाएका हुन् । 

काँग्रेस केन्द्रीय सदस्य तथा महिला संघकी पुर्व अध्यक्ष डा डिला संग्रौलाले समावेसी सिद्धान्तको आधारमा सबै तहमा निर्वाचित उपाध्यक्षसहित महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिन् । 

केन्द्रीय समितिमा आफुले यसअघि पेश गरेको संशोधन प्रस्तावको कुनै सम्वोधन नगरिएकाले महिलाहरुको तर्फबाट विधानमा असहमति रहेको उनले जनाइन् । उनको प्रस्तावमा अन्य महिला नेतृहरुले सहमति जनाएको संग्रौलाले बताइन् । 
 
स्थानीय निकायमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनु पर्ने, राष्ट्रपति र उपराष्ट्रपतिमा एक महिला हुनुपर्ने, सभामुख र उपसभामुखमा एक महिला हुनु पर्नेलगायतका व्यवस्था संविधानमा भएकाले काँग्रेसको विधानमा पनि त्यस्तै समावेसी हुनु पर्ने अडान राखेको डा संग्रौलाको भनाई छ । 

विधानमा दलित, मधेशी, जनजाति लगायतलाई पनि समावेसी सिद्धान्तका आधारमा जिम्मेबारी र अवसर दिने व्यवस्था गर्न आवाज उठेको नेतृ संग्रौलाले जानकारी दिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ