arrow

प्रतिवादी र लागुऔषधवाल पक्राउ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ पुष ६ शुक्रबार
pakrau.JPG

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकैपटक प्रतिवादी र लागुऔषधमा संलग्न हुने व्याक्तिलाई छुट्टाछुट्टै पक्राउ गरेको जनाएको छ । बहुविवाहको अभियोगमा अदालतको फैसलाले कैद सुनाएका प्रतिवादी र लागु औषधमा संलग्न व्याक्तिलाईलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बहुविवाहमा अभियोग भोगेका साविक फापरथुम गाविस ५ हाल आँधीखोला गाँउपालिका वडा नं. ६ घर भई पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने बर्ष ४४ को नरहरी ढकाल र निजकी श्रीमति ३५ की जानुका ढकाललाई घरमा कसिरहेको अवस्थामा पक्राउ गरि जिल्ला अदालत पेश गरी जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

ढकालकी जेठी श्रीमति ढाकादेवीको जाहेरी अनुसार प्रहरीले पक्राउ गरेको जनाएको छ । २०५७ मा जाहेरी दिएकी ढकालको मुद्दालाई जिल्ला अदालतले २०५८ असार ३ गते निजहरु दुवैलाई एक—एक महिना कैद र १ हजार जरिवाना तोकेको थियो । प्रतिवादीले पुनरावेदन अदालत पोखरामा पुनरवेदन गरेपनि जिल्ला अदालत स्याङ्जाले गरेको फैसलालाई सदर गरेपछि उनीहरु फरार रहदै आएका थिए । उनीहरु दुवैलाई पक्राउ गरि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

यता फेदीखोला गाँउपालिका २ थानचौर प्रहरी चौकीले पोखरा महानगरपालिका १२ शितलदेवी बस्ने २३ का साजन गुरुङ र १३ पाटनबेसी बस्ने २६ का खगेन्द्रजंग गुरुङ्लाई लागुऔषध सहित पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट नुफिन ६२ थान,फेरागन ६३ थान, डाईजेपाम ६३ र प्रयोग नभई सकेको सिरिञ्ज ३ थान सहित प्रयोग गर्दै आएको ग ११ प ४९४३ मोटर साईकल नियन्त्रणमा लिएर अनुसन्धान गरेकाचे जनाएको छ । उनीहरुबाट २ थान मोवाईल समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको विष्टले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ