arrow

दीपक मनाङ्गेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
dipak-manage.jpeg

काठमाडौँ । सर्वोच्च अदालतले दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको हो । आदेशसँगै गुरुङ डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन् ।

 एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारको रुपमा मनाङ 'ख' बाट चुनाव जितेका मनाङ्गे ज्यान मार्ने उद्योगमा दोषी ठहर भइ  डिल्लीबजार कारागार चलान भएका थिए । जिल्ला अदालत काठमाडौंले मनाङ्गेलाई २०६१ मै २ वर्षको जेल सयाज दिएको थियो । उनले २ वर्ष जेलमा बिताए पनि । तर पुनरावेदन अदालतले उनलाई २०६४ मा दिएको ५ वर्षको कारावास सजाय भने, राज्य संयन्त्रको गम्भीर लापारबाहीका कारण उनले भोग्नै परेन त्यो बेला ।

चुनाव सकिएपछि, गएको माघमा सर्वोच्च अदालतले उनको मुद्दामा तत्कालिन पुनरावेदन अदालत पाटनले दिएको सजाय कायम गरेर उनलाई संसद जानबाट रोकेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ